Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय पुनर्विचार गर्न सांसद राईको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले श्रेणीविहीन करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले वर्षौँदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने प्रयास सर्वोच्च अदालतको आदेशविपरीत हुने दाबी गरे।

उनले ती कर्मचारीलाई महँगी भत्ता तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद राईले सरकारले गरिब, श्रमिक र निम्न आय भएका नागरिकमाथि अन्याय गरिरहेको आरोप लगाए।

‘सरकारले गरिबमाथि धारेहात लगाएर निमिट्यान्न पार्ने काम गरिरहेको छ। पठाओ राइडर, सुकुमवासी, श्रमिक, साना उद्यमी तथा व्यवसायी सबै यसबाट प्रभावित भएका छन्,’ उनले भने।

उनले २० वर्षसम्म न्यून सेवासुविधामा काम गरेका हजारौँ करार तथा ज्यालादारी कर्मचारीलाई ठेकेदारमार्फत विस्थापित गर्ने प्रयास भइरहेको दाबी गरे।

‘सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई महँगी भत्ता र सामाजिक सुरक्षा कोषको सुविधा दिनुपर्छ। तर त्यसको सट्टा कम्पनी खडा गरेर नीतिगत भ्रष्टाचार भइरहेको देखिन्छ,’ उनले भने।

सांसद राईले सरकारले आफ्नो निर्णय सच्याउँदै श्रमिकको हितमा कदम चाल्नुपर्ने बताए।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको आफूले ‘राष्ट्रघाती’ भनेको अभिव्यक्ति संसद्को अभिलेखबाट नहटेसम्म आफ्नो दलको विरोध जारी रहने उनले बताए।

उनले वर्तमान सरकारका गतिविधि राष्ट्रहितविपरीत रहेको आरोप लगाउँदै त्यसको विरोध जति गरे पनि कम हुने टिप्पणी गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री शाह र रवी लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठ...

संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान

कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्...

करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय पुनर्विचार गर्न सांसद राईको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले श्रेणीविहीन करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल...

राज्य संयन्त्र दुरुपयोग गरेर अल्गोरिदम फैलाएर जसरी आतंक सिर्जना गरियो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर ‘आतंक’ सिर्जना गरेको आरोप...

प्रधानमन्त्री बालेनलाई सांसद राईले ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘श्री ८’ को संज्ञा दिइएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले स...

सेयर बजारमा निरन्तर गिरावटपछि धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएपछि आक्रोशित लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। मंगलबार बिह...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट ह...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद आरेन राईको माग

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। लामो ...

ई–पासपोर्ट छपाइमा लागत वृद्धि र अनियमितताको आशंका, सांसदहरुले गरे छानबिनको माग

काठमाडौं । ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि तथा सम्भावित आर्थिक अनियमितताका विषयमा संघीय संसद्को सार्वजनिक लेखा...

चुनपहिरोको पहिरो पन्छाइएपछि पृथ्वीराजमार्ग एकातर्फी सञ्चालन, यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह

तनहुँ । लगातारको वर्षापछि खसेको पहिरो हटाइएपछि पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड एकातर्फी सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending