Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

इंग्ल्यान्डविरुद्ध क्रोएसिया : तीन मुख्य भिडन्त

काठमाडाैं । सेन्ट पिटर्सबर्ग — इंग्ल्यान्डको युवा टोलीले शनिबार क्रोएसियाको अनुभवी टोलीविरुद्ध विश्वकप सेमिफाइनल खेल्दै छ । खेलको विजेता टोली मस्कोस्थित लुजनिकी रंगशालामा हुने फाइनल खेलका लागि छनोट हुनेछ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - इंग्ल्यान्ड २८ वर्षयता पहिलोपल्ट सेमिफाइनल पुगेको हो । त्यसअघि एकपल्ट मात्र फाइनल पुगेको इंग्लिस टोलीले सन् १९६६ मा घरेलु मैदानमा उपाधि नै जितेको थियो । क्रोएसिया भने हालसम्म सेमिफाइनल पार गर्न सकेको छैन । पछिल्लोपल्ट सन् १९९८ मा सेमिफाइनल पुग्नु नै टोलीको सबैभन्दा राम्रो नतिजा थियो । यसपालि उत्कृष्ट खेलाडीसँगै भाग्यमानी साबित भएको क्रोएसिया पहिलो उपाधि जित्न दुई जित टाढा छ । यस बहुप्रतीक्षित सेमिफाइनलमा नतिजा निर्धारण गर्नसक्ने तीन महत्त्वपूर्ण भिडन्त यस्तो छ : लुका मोड्रिचविरुद्ध जोर्डन हेन्डरसन झन्डै ६ साताअघि रियल म्याड्रिडले च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई पराजित गरेको थियो । इंग्ल्यान्डका हेन्डरसनसामु अहिले मोड्रिचमाथि त्यसको बदला लिने र इंग्ल्यान्डबाट खेल्दा ३० खेलको अपराजित यात्रा बढाउने मौका छ । इंग्ल्यान्डको इतिहासमा कुनै खेलाडीले यति लामो समय अपराजित रहेको यो पहिलोपल्ट हो । हेन्डरसनको नेतृत्व, अनुशासन र खेलशैलीकै कारण गारेथ साउथगेटको रणनीति सफल भएको छ । रक्षात्मक मिडफिल्डरको भूमिका निर्वाह गरिरहेका उनले जेसी लिङगार्ड र डेले अलीलाई स्वतन्त्र रूपमा खेल्न दिइरहेका छन् । यस खेलमा भने उक्त मिडफिल्डको लयमा देखिएका ३२ वर्षीय मोड्रिचले परीक्षा लिनेछन् । मोड्रिचले मैदानको बीचमा रहेर डिफेन्स चिर्ने पास, उत्कृष्ट गोल र विपक्षीको लय तोड्ने प्रदर्शन गरिरहेका छन् । विश्वकपमा पूरै समय खेलेका चार खेलमा उनले तीन म्यान अफ द म्याच उपाधि पनि जितेका छन् । पछिल्ला तीन सिजनमा लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेका उनलाई क्रोएसियाले विश्वकप उपाधि उठाएको खण्डमा बालोन डी’ओर को दाबेदारका रूपमा हेरिएको छ । काइरन ट्रिपियरविरुद्ध इभान पेरिसिच ट्रिपियर जारी विश्वकपका उदाउँदा स्टारमा देखिएका छन् । इंग्ल्यान्डका पूर्व कप्तान डेविड बेकह्यामकै शैलीमा क्रस गर्ने क्षमताका कारण उनले ‘बरी बेकह्याम’ को उपमा पाएका छन् । जारी प्रतियोगितामा ट्रिपियर सर्वाधिक अवसर सिर्जना गर्ने सूचीमा नेयमर र केभिन डी बु्रयनलाई पछ्याइहेका छन् । प्रशिक्षक साउथगेटको ३–५–२ को रणनीतिमा सामान्यतया राइट ब्याक खेल्ने काइल वाल्करलाई सेन्टर ब्याक खेलाएका कारण उनले आक्रमणमा जाने स्वतन्त्रता पाएका छन् । क्रोएसियाविरुद्ध भने पेरिसिचले उनलाई रक्षात्मक रूपमा चुनौती दिनेछन् । इन्टर मिलानबाट खेल्दै आएका पेरिसिचले अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका ११ खेलमा ५ गोल गरेका छन् । क्रोएसियाको आक्रमणमा इंग्ल्यान्डलाई खतरा हुने उनी मुख्य खेलाडी हुन् । ह्यारी केनविरुद्ध डेजान लोभरेन इंग्ल्यान्डका कप्तान एवं केनविरुद्ध लोभरेनको इतिहास राम्रो छैन । अक्टोबरमा प्रिमियर लिगअन्तर्गत टोटेनहमले लिभरपुललाई ४–१ ले पराजित गर्दा केनविरुद्ध खराब प्रदर्शन गरेका लोभरेन आधा घण्टामै परिवर्तित भएका थिए । त्यस प्रदर्शनपछि धेरैले लोभरेनले अब एनफिल्डमा फेरि खेल्न नपाउने आँकलन गरेका थिए । तर क्लब स्तरमा उनले सुधारिएको प्रदर्शन गर्दै प्रशिक्षक योर्गेन क्लोपको मन जिते । विश्वकपमा पनि क्रोएसियाली डिफेन्सको राम्रो प्रदर्शनमा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । समूह चरणमा त यो डिफेन्सले लियोनल मेसीलाई चुप राखेको थियो । लोभरेनविरुद्ध केनले ५ खेलमा ५ गोल गरेका छन् । जारी विश्वकपमा ६ गोल गरिसकेका केन यस खेलमा थप गोल गर्दै गोल्डेन बुट पक्का गर्ने दाउमा हुनेछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies