NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ। सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो। जसले गर्दा एकपछि अर्को संस्थामा समस्या देखिन थालेको छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ - सहकारी विभागका अनुसार यस्ता संस्थाले मनोमानी ढंगले कार्यक्षेत्रबाहिर कारोबार गर्ने गरेका छन्। घरजग्गा तथा हाउजिङमा लगानी गर्दा सहकारी समस्यामा परेका छन्। घरजग्गा तथा हाउजिङमा अन्धाधुन्ध लगानी गरेका कारण ओरेन्टल सहकारी समस्याग्रस्त घोषित भए पनि समस्या सल्टिएको छैन। सिभिल र पशुपति पनि अन्धाधुन्ध घरजग्गामा कारोबार गरेका कारण टाट पल्टिएका हुन्।

जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामहरि बजगाईंले ललितपुरका सहकारीमा समस्या बढी देखिएको स्विकारे। समस्या समाधानका लागि संघले पहल गरिरहेको अध्यक्ष बजगाईंको भनाइ छ। संघको सक्रियतामा गुडविलको समस्या समाधान गर्न निक्षेपकर्ताका तर्फबाट कार्यदल गठन गरिएको छ। फरार अध्यक्षलाई खोज्न निक्षेपकर्ता सक्रिय छन्। सञ्चालक र बचतकर्ता कार्यालयमा उपस्थित भएर समस्या समाधान गर्नतर्फ केन्द्रित भएको उनले बताए।

नियामक निकाय सहकारी विभागले देशभरका १ सय २५ सहकारीको मात्रै नियमन गर्छ। तर, देशभर ३० हजार सहकारी छन्। अधिकांश सहकारी स्थानीय तह र प्रदेशमातहत छन्। सहकारीमा बलियो नियमन हुन नसक्दा सर्वसाधारण ठगिने क्रम बढेको छ।

विभागका रजिस्ट्रार लीलाप्रसाद शर्माले राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघसँग सहकार्य गरी सहकारीका समस्या समाधान गर्न पहल गरिने बताए। ‘समस्याप्रति हामी चिन्तित छौं’, रजिस्ट्रार शर्माले भने, ‘३० हजारभन्दा बढी संस्थामा कसले बदमासी ग¥यो भनेर खोजेर रोक्न गाह्रो छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page