Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

कृषि विकासको समाजवादी मार्गचित्र

काठमाडौँ । प्रकृति र मानव समाजको अन्तरसम्बन्ध र सहअस्तित्वलाई उन्नत बनाउने दृष्टिकोणबिना भविष्यका लागि कृषि जोगाउन सम्भव छैन ।खेती हाम्रो संस्कृति हो । धानको बिउ छर्नेदेखि दाइँसम्म धानखेती गर्ने सबै समुदायमा अनेक उत्सव मनाउने चलन थियो र अहिले पनि छ । अहिले नेता तथा सरकारी हाकिमहरूले यसलाई झनै रमाइलो बनाउने गरेका छन् । नेता र सरकारी हाकिमलाई असार १५ को धान रोपाइँ दिदीबहिनीको तीजजस्तै ठूलो चाड बनेको छ । अाजकाे कान्तिपुर पत्रिकामा याे खबर छ - तर यिनको हिलोमा पस्ने प्रचलन भने १५ वर्षमात्र पुरानो हो । कृषि सपार्न सिन्को नभाँच्ने मन्त्रालयका हाकिमको उक्साहटमा यो नयाँ प्रचलन थपिएको हो । धान दिवस सँगसँगै ओरालो लागेको कृषिक्षेत्र निरन्तर खस्किँदो छ । यस वर्षमात्र २६ अर्बको चामल आयात भएको छ । यो सरकारको समग्र कृषि विकासको झन्डै ६० प्रतिशत बजेट बराबर हो । कृषिजन्य उत्पादनको आयात २ खर्ब हाराहारी पुग्दैछ । यो कुल वार्षिक बजेटको १५ प्रतिशतभन्दा बढी हो । हुन त हिजोआज कृषि क्षेत्र बिग्रेकामा चिन्ता र चासो पनि निकै बढेको छ । यो एक अर्थमा अहिलेको परनिर्भर कृषि र यसले निम्त्याएको खाद्य सङ्कटको सम्बोधन गर्दै नेपाली समाज दिगोपनातिर लम्कन यो सबैभन्दा राम्रो अवसर हो । यो हाम्रो वातावरणीय विनाश र प्राकृतिक सम्पदाको तीव्र दोहनले परेको नकारात्मक प्रभावलाई उल्टाएर प्रकृति र समाजलाई पुन:स्थापना गर्ने ठूलो मौका पनि हो । अहिले यो सच्याउन ढिला गरे हामी फर्किन नसक्ने ठाउँमा पुग्छौं । त्यतिबेला पछुताउनुको कुनै अर्थ हँुदैन । वाम गठबन्धन अर्थात अहिलेको नेकपाले १० वर्षमा मुलुकलाई प्रांगारिक बनाउने घोषणा गरेसँगै कम्तीमा नेपालको कृषि क्षेत्रको रूपान्तरणका लागि कस्तो कृषि प्रणाली अपनाउने भन्ने बहस सतहमा आएको छ । तर यसतर्फ कुनै सार्थक पाइला भने अझै चालिएका छैनन् । सरकारको नेतृत्व समृद्धिको सपना बाँड्ने भाषणको खेतीपातीमै व्यस्त छ । तर नेपालको दीर्घकालीन कृषि विकासका सोच र लिइएका रणनीति कृषिलाई व्यावसायिक बनाउने नाममा एक किसिमले विपरीत दिशातिर दगुरिरहेको छ भन्नेसम्म पनि यस सरकारले भेउ पाएको देखिँदैन । मुख्य कुरा हामी कस्तो प्रणाली अपनाएर कृषिको दिगो विकास गर्छौं भन्ने नै हो । अब प्रकृति र मानव समाजको अन्तरसम्बन्ध र सहअस्तित्वलाई उन्नत बनाउने कृषि विकासको दृष्टिकोणबिना भविष्यका लागि कृषि जोगाउन सम्भव छैन । हुन त अहिले कृषिलाई व्यावसायिक बनाउने नाममा उच्च लगानीको व्यापारिक कृषि गर्ने वा स्थानीय स्रोतको उपयोगबाट साना किसानद्वारा गरिने पर्यावरणीय अर्थात जैविक खेतीपाती भन्ने बहस चलिरहेको छ । तर अझै पनि स्थानीय जैविकतामा आधारित साना तथा मध्यम आकारको खेती प्रणाली कसरी आत्मनिर्भर र दिगो कृषि अर्थतन्त्रको आधार बन्न सक्छ भन्ने कुराको पर्याप्त बहस भने हुनसकेको छैन । समग्रमा, हाम्रो विशेषतामा कस्तो विकासको ढाँचा उपयुक्त हुन्छ भन्ने कुराको दिशाबोध गर्न जरुरी छ । यसो नगरी अरुको नक्कल गर्न खोज्दा अहिलेसम्म कृषि, भूमि लगायत अन्य क्षेत्रको सुधारको व्यावहारिक मार्गचित्र बनाउन नसकेको हो । अर्को कुरा, हाम्रोजस्तो विविधतापूर्ण भौगोलिक तथा पर्यावरणीय अवस्थामा कृषिको विविधीकरणलाई उच्च प्राथमिकतामा राखी तुलनात्मक कृषिको प्रवद्र्धन गर्नुको विकल्प छैन । किनकि ठूला परिणामको र पुँजीप्रधान प्रविधि अपनाइएको अहिलेको भारत वा चीनको जस्तो एकल खेती प्रणाली हाम्रो कृषिको बाटो हुनै सक्दैन । यी उपजले उनीहरूका कृषि उपजसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । सँगै, यो तथाकथित आधुनिक भनिने कृषि प्रणालीका लागि चाहिने कच्चा पदार्थ, रासायनिक मल, किटनाशकसमेत बाहिर (भारत वा चीन) बाट आयात गर्नुपर्ने अवस्थामा यस्तो कृषि प्रणालीको वकालत गर्नु भनेको नेपाली कृषि डुबाउने राष्ट्रघाती कुकर्म हो । अहिले विस्तारै खनिज इन्धनको अनन्त आपूर्तिको मृगतृष्णामा वृद्धि, प्रतिस्पर्धा र उपभोगमा आधारित ‘आधुनिक आर्थिक समाज’भन्दा कृषिप्रधान, न्यून–इन्धन, सहकारी जीवनशैली धेरै दिगोपनसम्मत छ भन्ने महसुस गर्न थालिएको छ । यो कुरा हाम्रो बिगत र अहिले पर्यावरणीय तथा जैविक कृषि अपनाउने किसान, समुदाय, क्षेत्र र क्युबाजस्ता देशले प्रमाणित गरेका छन् । उन्नतिको मूल आधार कृषिक्षेत्र रूपान्तरण नगरी यो मुलुक फेरिँदैन । यसका लागि, भूमिसुधार पहिलो सर्त हो । संसारभरिको अनुभव केलाउने हो भने मुख्यत: कृषि उत्पादन र कृषि उद्योग उन्नत बनाउन भूमिसुधार गरिएको तथ्य फेला पर्छ । यसको सुधारले समतामूलक समाज बनाउन सघाउँछ । मुख्यत: कस्तो कृषि प्रणाली अपनाउने भन्नेले नै भूमिसुधारको कस्तो ढाँचा अपनाउने भन्ने निर्धारण हुने हो । यही कुरा सल्ट्याउन नसक्दा नेपालको भूमिसुधार कुइरोको काग बनेको छ । नेपालमा भूमिसुधारको कुरा गरेकै ५५ बर्ष काटेको छ । भूमिलाई सम्पत्तिका रूपमा मात्र बुझ्ने र यसको न्यायोचित वितरण भन्दै आश्वासनको खेतीमात्र गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्वको प्रवृत्तिले यो सवाल यति धेरै गिजोलिएको छ कि अब यही कुरा दोहोर्‍याएर नेपालमा कुनै पनि प्रकारको भूमिसुधार नै गर्न सकिँदैन । भूमिको सुधार नगरी कस्तो समाजवादी समृद्धि आउँछ ? यसको जवाफ पनि आउला नै । समाजवादी समाज निर्माण गर्ने हो भने यो कुराको निक्र्योल नगरी अगाडि बढ्न सकिँदैन । दोस्रो, नेपाली अर्थतन्त्रको तेस्रो खम्बा भनिले किसानको सहकारी खेती प्रणालीको मेरुदण्ड हो । नेपालभरि २६ हजारभन्दा बढी सहकारी छन् । त्यसमध्ये कृषि सहकारी ४ हजारभन्दा बढी भएको बताइन्छ । तर अझै पनि यी सहकारी प्रभावकारी हुन नसकेका मात्र हैनन्, कतिपय यस्ता सहकारी बिचौलियाका ठगी केन्द्रका रूपमा समेत चिनिन्छन् । यिनको प्रभावकारी नियमनसँगै कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा यिनको परिचालन गर्न जरुरी छ । तेस्रो, कृषि क्षेत्रमा गरिने अनुसन्धान, खोजी र यसको प्रसार कृषि विकासको प्राण हो । कृषि सपार्न शिक्षा, अनुसन्धान र प्रसारको ठूलो भूमिका हुन्छ । तर अहिले हाम्रा विश्वविद्यालयहरूमा शोधपत्र त अरुको सारेर बुझाइन्छ भने अनुसन्धान गर्ने त कुरै भएन । कृषि विश्वविद्यालय र कृषि संकायहरू पनि यसका अपवाद हैनन् होला । श्क्षिा र अनुसन्धान नै नभएपछि केको प्रसार गर्ने ? अहिलेको समीक्षा गरी यिनको पुन:संरचना नगरी कृषिक्षेत्र अघि बढाउन सकिँदैन । चौथो, संसारभरि नै आधारभूत शिक्षाक्षेत्र परम्परामा धानिने रोगबाट ग्रस्त छ । तुलनात्मक रूपमा नेपालको यो क्षेत्रको अवस्था झनै दयनीय छ । आधारभूत शिक्षा सुधार गरी विद्यालयदेखि नै कृषिबारे पढाउने कुरा र बालबालिकालाई खेतबारीमा अभ्यास गर्न लगाउने जस्ता काम नगरी कृषिप्रतिको बुझाइ फेर्न र किसानीलाई सम्मानित पेसा बनाउन सकिँदैन । यो क्षेत्र सुधार गर्न कुनै कुराले छेक्दैन, बहानाले बाहेक । माथि उल्लिखित विषय अघि बढाउन अहिलेकै संरचनाबाट सम्भव छैन । फरक ढंगले काम गर्न फरक सोच, प्रक्रिया र संरचना चाहिन्छ । यसको सुरुवात भने अहिलेको नेतृत्व आफै फेरिएर मात्र सम्भव छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy