Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

क्रोएसिया इतिहास रच्दै फाइनलमा

मस्को । मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २—१ ले हराएर इतिहास रच्दै पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुज्निकी रंगशालामा सुरुआती अग्रता भने इंग्ल्यान्डले लिएको थियो । किरन ट्रिपरको फ्रि—किक गोलसँगै इंग्ल्यान्डलाई १—० ले अघि बढाएएर ५२ बर्षपछि विश्वकपको फाइनल खेल्ने संभावना बढाएका थिए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रि—किकमा मिडफिल्डर ट्रिपरले मानवीय पर्खाल नघाएर दाँयातर्फ ‘टप कर्नर’मा बललाई जाली चुमाएका थिए। त्यसलाई रोक्ने प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डानिएल सुबासिचको केही सिप चलेन र ट्रिपरले विश्वकपमा गोलको खात खोले। पहिलो हाफमै इंग्ल्यान्डले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो। कप्तान ह्यारी केनको पहिलो प्रहारमा गोलकिपर सुबासिच बाधक बने भने रिबाउन्डमा खालि पोष्टमा उनको प्रहार सटिक भएन। बल पोलमा लागेको थियो। इंग्ल्यान्डले पहिलो हाफमा मात्र राम्रो खेल्यो। त्यसपछि उसको हातबाट खेलको नियन्त्रण क्रोएसियाले खोस्यो। दोस्रो हाफमा क्रोएसियाले बल नियन्त्रणमा राख्दै आक्रमणको लागि उपयुक्त अवसर खोजिरहेको थियो। सिमे भारसाल्कोको क्रसमा इभान पेरिसिचले इंग्ल्यान्डका डिफेन्डर किली वाकरलाई उछिनेर प्रहार गरेको बलले क्रोएसियालाई ६८ औं मिनेटमा १—१ को बराबरीमा पुऱ्यायो। प्रतियोगितामा यो उनको दोस्रो गोल हो। मारियो मान्जुकिचले ८२ औं मिनेटमा प्रहार गरेको बल इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले सजिलै नियन्त्रण गरे। निर्धारित ९० मिनेट बराबरीमै सकियो। थपिएको ३० मिनेटको अतिरिक्त समयको ९८ औं मिनेटमा जोन स्टोन्सको हेडरमा सिमे भारसाल्कोले खालि पोष्टबाट बल क्लियर गर्दै क्रोएसियाको संकट टारेका थिए। अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी टाइममा पेरिसिचको क्रसमा मारियो मान्जुकिचले प्रहार गरेको बल मुश्किलले इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले क्लियर गरे। पिकफोर्ड १ सय नवौं मिनेटमा भने मान्जुकिचलार्य रोक्न सकेनन्। डिफेन्सले क्लियर गर्न नसकेको बल पेरिसिचले मान्जुकिचलाई पेनाल्टी क्षेत्रमा उपलब्ध गराएका थिए। त्यसमा उनको बाया खुट्टाको फिनिसिङ उत्कृष्ट रह्यो र क्रोएसिया २—१ ले अघि बढ्यो। नकआउट चरणका अघिका दुवै खेल टाइब्रेकरमा जितेको क्रोएसिया मान्जुकिचको गोलको सहयोगमा पहिलोपल्ट विश्व्कपको फाइनलमा प्रवेश गऱ्यो। उसले सेमिफाइनलमा प्रतिस्पर्धा गरेको दोस्रो अवसर हो। यसअघि विश्व्कप १९९८ को अन्तिम चारमा उसलाई आयोजक फ्रान्सले पराजित गरेको थियो। त्यही फ्रान्सविरुद्ध क्रोएसियाले आइतबार फाइनल खेल्नेछ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending