Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

‘काठमाडौं नआई केसीसँग वार्ता हुँदैन’

काठमाडौँ । सरकारले जुम्लामा १२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी काठमाडौं नआएसम्म वार्ता टोली नबन्ने बताएको चिकित्सक संघले जनाएको छ । चिकित्सकले भने वार्ता टोली बनेपछि मात्र केसीलाई काठमाडौं आउन आग्रह गर्न सकिने बताएका छन् । अाजकाे कान्तिपुर देनिकमा याे खबर छ - ‘शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसी काठमाडौं नआई वार्ता टोली नबन्ने बताउनुभयो,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘उहाँले जुम्लामा बसेर काठमाडौंमा वार्ता नहुने बताउनुभयो । तर वार्ता टोली नबनेसम्म केसीलाई काठमाडौं आउन आग्रह गर्न नसकिने हामीले बतायौं ।’ शिक्षामन्त्री पोखरेलले भने केसीको स्वास्थ्योपचार सुनिश्चित गर्न आफूले नै चिकित्सक संघका पदाधिकारीलाई बोलाएको बताए । ‘मेरो पहिलो काम डा. केसीको जीवन बचाउने हो,’ उनले भने, ‘मैले उहाँहरूलाई बोलाएर पहिले केसीको स्वास्थ्यस्थिति सुनिश्चित गरौं, त्यसपछि अन्य पाइला चालौं भनेर आग्रह गरें । जुम्लामा आईसीयू पनि छैन । मौसम एकाएक बिग्रियो, स्वास्थ्यमा जटिलता आए के गर्ने ? उहाँलाई जुम्लाभन्दा राम्रो ठाउँमा उपचार गरौं ।’ केसीको स्वास्थ्यस्थिति बुझ्न डाक्टरको टोली जुम्ला पठाउन आफूले आग्रह गरेको तर संघले नमानेको भन्दै पोखरेलले दुखेसो पनि गरे । ‘डा. केसीको जीवन बचाउन चिकित्सक संघले महत्त्वपूर्ण भूमिका नखेलेकामा मलाई दु:ख लागेको छ,’ उनले भने । अघिल्ला सरकारले जस्तो लागू हुन नसक्ने कुनै पनि बुँदामा सहमति नगर्ने पनि मन्त्री पोखरेलले बताए । उनले माथेमा प्रतिवेदनको मूल मर्मअनुसार अगाडि बढ्ने दाबी भने गरे । डा. केसी माथेमा प्रतिवेदनको सिफारिसअनुसारै चिकित्सा शिक्षा विधेयक आउनुपर्नेलगायत माग राखी अनशनमा छन् । उक्त विधेयक सरकारले बिहीबार संसद्मा दोस्रोपटक पेस गर्ने तयारी गरेको छ । एक घण्टा स्वास्थ्य संस्था बन्द केसीको आन्दोलनमा सघाउन बुधबार देशभरका स्वास्थ्य संस्थामा चिकित्सकले एक घण्टा सेवा बन्द गरे । चिकित्सा शिक्षा र सेवासँग सम्बन्धित जायज मागप्रति समर्थन जनाउँदै उनीहरूले चिकित्सक संघको आह्वानमा एक घण्टा काम रोकेका हुन् । ‘मुलुकभरिकै चिकित्सकले बुधबार एक घण्टा काम ठप्प पारेर आफ्नो अनुकूलता अनुसार विरोध प्रदर्शन गरेका छन्,’ संघ अध्यक्ष श्रेष्ठले भने, ‘हामी सरकारको निर्णय पर्खंदै छौं, समाधानको पहल नभए इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने स्थिति आउन सक्छ ।’ केसीको जीवनरक्षाका लागि संघले दलका शीर्ष नेताहरूलाई भेटी अपिलसमेत गरिरहेको छ । बुधबार संघका पदाधिकारीले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई भेटे । उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा नेताहरू माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायतलाई पनि भेट्ने बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending