Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बालबालिका विद्यालय बाहिर छैनन्

बर्दिया । ‘अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ । संघीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नगरपालिकामा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी बिहीबार घोषणा गर्नुभएको नगरपालिका, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिए । मन्त्री पोखरेलले मानव सूचांकका आधारमा पछाडि परेका सामुदायिक विद्यालयका सबै बालबालिकाका लागि दिवा खाजाको समेत व्यवस्था भएको बताए । विद्यालय उमेर समूहका बालबालिका अब विद्यालय बाहिर छैनन् भनी बारबर्दिया नगरपालिकालाई नेपालमा सबैभन्दा पहिले घोषणा गरिएको नगरपालिकाले जिकिर गरेको छ । नगरपालिकाले मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी सबैभन्दा पहिले घोषणा गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । मन्त्रालयले नेपालका ७७ वटै जिल्लालाई भदौ ३१ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी बालबालिकाको आधारभूत शिक्षाको सुनिश्चितता गरेको भनी घोषणा गर्न परिपत्रसमेत गरिसकेको छ । मापदण्डअन्तर्गत विद्यालयले भर्ना अभियान गरेको हुनुपर्ने, घरदैलो गरी पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गरेको हुनुपर्ने, अभिभावक तथा शिक्षकबीच भर्ना अभियानसम्बन्धी अन्तक्र्रिया तथा छलफल गरेको हुनुपर्ने, विद्यालयले आफ्नो कार्य क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका बाहिर नपरेको घोषणा भएको हुनुपर्ने छन् । नगरमा ४३ सामुदायिक विद्यालय र १६ संस्थागत विद्यालय छन् । नगरपालिकाको भर्ना अभियानअन्तर्गत १६ हजार ८० घरधुरीमा सर्भेक्षण गर्दा २८७ बालबालिका विद्यालय बाहिर रहेको पत्ता लागेको थियो । सामुदायिक विद्यालयमा १४ हजार ८०५, संस्थागत विद्यालयमा तीन हजार ८६४ र बालकक्षामा एक हजार ९१९ विद्यार्थी रहेको शिक्षा शाखा प्रमुख गोसार्इँँले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending