Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

खुला सिमानाको फाइदा उठाउँदै तस्करी

वीरगञ्ज। नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा दालको आयातमा समेत उल्लेखनीय वृद्धि भएको छ । मागमा वृद्धि भएपछि दलहनको तस्करी हुन थालेको सुख्खा बन्दरगाहका कर्मचारीकोे ठम्याइ छ । केही दिनयता तेस्रो मुलुकबाट मरिच आयात ह्वातै घटेको छ भने दलहन आयात बढ्न गएको छ । तेस्रो मुलुकबाट आयात भएको दाल भारततर्फ तस्करी कार्यमा लागेका तस्करले पश्चिमी पर्साको जानकी टोला, भिखमपुर, भिस्वा, बुडगाई, अमरपट्टी, प्रसौनी भाटा, इनर्वालगायतका नाकाबाट टायरगाडा ट्र्याक्टर, भ्यानलगायतका सवारी साधनमा लोड गरी भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी धनबहादुर बडुवालले भने, “अहिले तेस्रो मुलुकबाट मरिचको साटो दाल अत्यधिक मात्रामा आउने गरेको छ ।” चालू आर्थिक वर्षको तेस्रो सातासम्म यो नाकाबाट रु पाँच अर्ब ८२ करोड ८४ लाख मूल्यबराबरको ११ करोड ७६ लाख ९३ हजार ३५३ किलो दाल तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएको छ । गत आवको सोहि अवधिमा रु चार अर्ब ४६ करोड १५ लाख ४० हजार ८२५ मूल्य बराबरको छ करोड ३४ लाख ९० हजार २५० किलो दाल भित्रिएको थियो । अस्ट्रेलिया, क्यानडालगायतका तेस्रो मुलुकबाट भारतको बाटो गरी केराउ, मुङ, रहर, मसुरोलगायतका दलहन बढी आयात भएर नेपाल भित्रिने गरेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ । दालको तस्करी भइरहेको बारे जिज्ञासा राख्दा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले अहिले चोरी निकासी नियन्त्रण गरिएको छ तर दाल कुन नाकाबाट तस्करी भई भारत जान्छ आफूलाई थाहा नभएको बताए । भारतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि तेस्रो मुलुकबाट दाल आयातमा रोक लगाएपछि नेपाल भित्रिने दाल भारत पुग्दा बढी फाइदा हुने भएकाले यसको तस्करी बढ्न गएको हो । दाल गेडागुडी आयात गर्दा १० प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy