Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ओलीमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने प्रचण्डको धारणा

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति छानबिन गर्ने विषय नयाँ नभएको र यसलाई आफूले पहिल्यै उठाएको एजेन्डा भएको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सार्वजनिक पदमा रहेका वा रहिसकेका व्यक्तिहरूको सम्पत्तिबारे पारदर्शिता अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरे। राज्यको उच्च तहमा बसेकाहरूको आचरण र आर्थिक गतिविधिबारे स्पष्टता हुनुले लोकतान्त्रिक प्रणाली सुदृढ हुने उनले बताए।

प्रचण्डले संसद्मा पनि पूर्वप्रधानमन्त्रीहरूको कार्यकाल, निर्णय प्रक्रिया र सम्पत्तिको अवस्थाबारे छानबिन आवश्यक रहेको विषय उठाएको स्मरण गराए। “हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्टमा पनि यस विषयमा बोलेको छु। पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो,” उनले भने।

उनले छानबिन प्रक्रिया कसैलाई लक्षित गरेर वा राजनीतिक प्रतिशोधको भावनाबाट प्रेरित भएर अघि बढ्न नहुने स्पष्ट पारे। विशेषगरी केपी शर्मा ‌ओली माथि भइरहेको अनुसन्धानका सन्दर्भमा उनले निष्पक्ष र स्वतन्त्र ढंगले प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिए। “राजनीतिक पूर्वाग्रह नराखी, कानुनी आधारमा, तथ्य र प्रमाणका आधारमा छानबिन हुनुपर्छ,” उनले भने।

प्रचण्डका अनुसार सार्वजनिक जीवनमा रहेका नेताहरूले कानुनी र नैतिक दुवै जिम्मेवारी बहन गर्नुपर्छ। उनले सुशासन, पारदर्शिता र जवाफदेहिताको मापदण्ड सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखे।

सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा आएको उनको प्रतिक्रिया राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending