Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

एकमात्रै कभर्ड हल भत्कियो

\"\"डडेल्धुरा। डडेल्धुरा खेलकूद विकास समितिको कार्यालयसँगै रहेको जिल्लाको एकमात्रै कभर्ड हल भत्किएकोे छ । अमरगढी नगरपालिका वडा नं ४ खलंगामा ३४ वर्ष पहिले निर्माण भएको उक्त कभर्ड हल जीर्ण अवस्थामा रहेको थियो । जिल्लाको एकमात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको खेलकूद विकास समितिले जनाएको छ । पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए । विगत एक वर्षदेखि राष्ट्रिय खेलकूद परिषद् (राखेप) र प्रदेश सरकारलाई इस्टिमेटसहित मर्मतका लागि अनुरोध गर्दै आएको भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा हल भत्किएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । स्थानीय निकाय अमरगढी नगरपालिकालाई पनि जीर्ण हलको मर्मत संहारका लागि निकै अनुरोध गरे तर बेवास्ता गरियो अध्यक्ष मगरले जानकारी गराए । जिल्लाको एकमात्र कभर्ड हल भत्किदा जिल्लाका इनडोर खेलकूदका कार्यक्रमसमेत प्रभावित हुने भएका छन् । इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हुँदा अब खेल खेल्न समस्या हुने खेलाडी सुनिल तामाङले बताए । ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कभर्ड हलको आवश्यकता रहेको उनको भनाइ छ । कभर्ड हलमा शनिबारको दिन भएकाले कुनै खेलाडीलाई चोटपटक भने लागेको छैन । अन्य दिनमा सामान्य किसिमका इनडोर खेलको अभ्यासका लागि खेलाडीहरु आइरहने भए पनि त्यो दिन भने बिदाका कारण कोही पनि हलभित्र नहुँदा कुनै किसिमको अप्रिय घटना हुनबाट जोगिएको खेलकूद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy