काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको छ।
प्राप्त जानकारीअनुसार तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको पाइएको हो। सवारीसाधनका कारण सञ्चारकर्मीको आवतजावतमा समेत समस्या भएको बताइएको छ।
कान्तिपुर पब्लिकेशनको गेटअगाडि पार्किङ गरिएको सवारीसाधनलाई प्रहरीले क्रेनको प्रयोग गरी हटाएको छ। यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि बिहान करिब ७ बजेदेखि राखिएको अर्को सवारीसाधनबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका सवारीसाधनका धनीको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
यसअघि नेपाल पत्रकार महासंघले पनि सञ्चारगृहको गेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति ध्यानाकर्षण जनाएको थियो।
महासंघले तत्काल अवरोध हटाउन, सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १४:१६
धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् । सत...
आषाढ़ २९ गते, २०८३ - १३:४६
काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...
आषाढ़ २९ गते, २०८३ - १३:२३
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको ...
आषाढ़ २९ गते, २०८३ - १२:५५
काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...
आषाढ़ २९ गते, २०८३ - १२:३९
चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...
आषाढ़ २९ गते, २०८३ - १२:२८
काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...
आषाढ़ २९ गते, २०८३ - ११:१६
बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...
आषाढ़ २९ गते, २०८३ - १०:४२
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...
आषाढ़ २९ गते, २०८३ - १०:३३
घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...



प्रतिकृया लेख्नुहोस्: