Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

भरियो सिसडोल, कामपाको फोहर उठ्न अझै समय लाग्ने

काठमाडौँ। करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ । नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो । व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ । कामपाका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको बताछन् । व्यवस्थापनका सबै काम सकी बढीमा आगामी हप्ताबाट नियमित रुपमा फोहर संकलन हुने हुँदा आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन पनि निर्देशक ढकालले नागरिकलाई अनुरोध गरेका छन् । असार साउनको समयमा अन्य समयमा भन्दा बढी फोहर निस्कने गर्छ, अन्य समयको भन्दा छिटोछिटो फोहर लिन आउनु पर्ने भए पनि एक महिनादेखि फोहर लिनका लागि कामपाको कुनै पनि गाडी नआएको कलंकी बस्दै आउनुभएकी सीता शर्माको भनाइ छ । शर्मा भन्छन्, “घरमा फोहरको डङ्गुर भइसक्यो कहिले आउने हो महानगर थाहा छैन, अझै लामो समयसम्म नआउने हो भने यही फोहरबाट रोगको शिकार बन्नुपर्छ ।” कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरुको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन् । आज १२ वर्ष बितिसक्दा पनि अन्य समयमा नै विकल्प नखोज्दा अहिले कामपालाई व्यवस्थापन गर्न समस्या भएको छ । केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गर्दै आएको स्थानभन्दा केही पर बन्चरेडाँडामा दीर्घकालीन रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्ने केन्द्र निर्माण गर्ने भनिएको थियो । बच्चरेडाँडामा व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि प्रयासरत मात्र रहेको र हालसम्म काम शुरु हुन नसकेको कामपा वातावरण विभागका कर्मचारी युवराज खनाल बताउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy