Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

विद्यालयको पक्की भवन बैंकलाई भाडामा, विद्यार्थी टहरामा

काठमाडाैं । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - दोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम माध्यमिक विद्यालयको भवन हालै मात्र पुनर्निर्माण प्राधिकरणले ९० लाख खर्च गरेर बनाएको हो । दुई तल्ले पक्की भवन बनेपछि टहरामा पढ्दै आएका विद्यार्थी र अभिभावक खुसी भएका थिए । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका गोले र प्रधानाध्यापक सचिन थोकरको मिलेमतोमा नवनिर्मित भवन सानिमा विकास बैंकलाई भाडामा दिइएको छ । सोमबार छाप्रोमा विद्यार्थी पढिरहँदा बैंकले पक्की भवनमा भव्य समारोहबीच कार्यालय उद्घाटन ग-यो । गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, उपप्रमुख कल्पना भण्डारी र वडाध्यक्ष छत्रबहादुर तामाङ कार्यक्रममा अतिथि थिए । तर, उनीहरूले विद्यार्थीको पक्षमा एक शब्द पनि बोलेनन् । स्थानीय अभिभावक तथा वडासदस्य नवीनकुमार गोलेका अनुसार वर्षामा टहरो चुहिएर कक्षा कोठा हिलाम्य हुन्छ । ‘बालबालिकाको अधिकारै हनन् हुने गरी विद्यालय प्रशासन र व्यवस्थापन समितिले मनोमानी गरे, शैक्षिक संस्था सेवामुखी हुनुपर्नेमा नाफामुखी हुन खोज्यो,’ उनले भने, ‘यसका विरुद्ध गाउँसभामा प्रस्ताव नै लैजान्छु ।’ शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले पुनर्निर्माण गरिएको विद्यालय भवन भाडामा लगाउन नमिल्ने स्पष्ट पारे । तर, मेलुङमा त्यस्तो भएको विषयमा आपूmलाई जानकारी नभएको बताए । विद्यालयको हितमा भाडामा दिएको हो, विरोध गर्ने फटाहा हुन् अम्बिका गोले, व्यवस्थापन समितिका अध्यक्ष विद्यालयको आयस्रोत बढ्छ भनेर मेरो नेतृत्वमा यो निर्णय भएको हो । तर, सामाजिक हित नचाहनेले विरोध गर्न थालेका छन् । त्यस्ता फटाहा हिजो पञ्चायतकालमा पनि थिए, आज पनि छन् । तर, सही निर्णय गरेकाले म डराउँदिनँ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy