श्रावण २ गते, २०७५ बुधवार 18th July, 2018 Wed०९:४५:०९ मा प्रकाशित
भक्तपुर । आफूहरूलाई जानकारी नै नदिई प्रशोधित पानीको निकासी करका नाममा पटके कर लिएकोविरुद्ध भक्तपुरका पानी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफ्नो उद्योगबाट उत्पादित जारको पानी भरिएका गाडी सडकमा तेस्र्याएर पटके करको विरोध गरेका हुन् । पानीजस्तो अत्यावश्यकीय वस्तुमा पटके कर लगाउनु अन्याय भएको व्यवसायीहरूको आरोप छ ।
अाजकाे अन्नपुर्ण दैनिकमा याे खबर छ - भक्तपुरको चाँगुनारायण नपाले साउन १ देखि आफ्नो नगर क्षेत्रमा सञ्चालित पानी उद्योगबाट बजारमा जाने पानीको कर उठाउने व्यवस्था गरेको थियो । उक्त पटके कर उठाउन नपाले ८० लाख एघार हजार रुपैयाँमा ठेक्का स्वीकृत गरेको थियो ।
आफूहरूले उक्त ठेक्का स्वीकृत नगर्न ध्यानाकर्षण गर्दा पनि चाँगुनारायण नपाले ठेकेदारलाई पानीको पटके कर उठाउन दिएपछि नेपाल बोटल खानेपानी उद्योग एसोसिएसन भक्तपुरको अगुवाईमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
चाँगुनारायण नपाले शुद्धपानी रहेको एक जारको प्रतिलिटर पाँच पैसा र एक लिटर बोटलमा प्रतिबोटल दश पैसा कर उठाउने गरी ठेक्का दिएपछि पानी व्यवसायी सडकमा उत्रिएका हुन् ।
एसोसिएसन भक्तपुरका संयोजक राम सुवालले आफूहरूले नपालाई एकमुष्ट कर तिर्ने बताउँदा पनि नपाले सडकमा ढाट राखेर कर उठाउन दिएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य भएको जानकारी दिए ।
उनले नपाले ठेक्काबाट कर उठाउने निर्णय फिर्ता नलिएसम्म आफ्नो उत्पादन बजारमा नजाने सुनाए ।
‘हामीले कर तिर्दैनौ भनेका छैनौं’, अध्यक्ष सुवालले भने, ‘तर सडकमा हाम्रा गाडी लाइन राखेर कुनै ठेकेदारलाई कर बुझाउँदैनौ ।’
पानी उद्योग बन्द गर्ने नियतले नगरपालिकाले कर लगाएपछि आफूहरू आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाइ थियो । नभए पानीमा कर लगाउनुअघि व्यवसायीसँग एकपटक सल्लाह गर्नुपर्ने उनको भनाइ थियो ।
उनले नपालाई कर नै चाहिएको भए उद्योगलाई पत्र काटेर लाग्ने कर बुझाउन भनेको भए व्यवसायीहरू स्थानीय कर तिर्न तयार रहेको बताए ।
पानी कर उठाउन सूचना निकालेपछि पटकपटक चाँगुनारायण नपामा गई ध्यानाकर्षण तथा ज्ञापनपत्र दिँदा पनि सुनुवाई नभएपछि बाध्य भएर व्यवसायीहरू आन्दोलनमा उत्रिएको एसोसिएसनको भनाइ छ ।
भक्तपुर जिल्लामा सबैभन्दा बढी पानी उद्योग चाँगुनारायण नपामा छन् । यहाँ १३ वटा पानी उद्योग सञ्चालनमा रहेको नेपाल बोटल पानी उद्योग एसोसिएसनका केन्द्रीय अध्यक्ष सुवास भण्डारीले जानकारी दिए ।
उनका अनुसार भक्तपुरका १३ वटा पानी उद्योगमा करिब ६० करोड रुपैयाँ लगानी छ । त्यस्तै पाँचसय मजदुर तथा कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । भक्तपुरको पानी भक्तपुरसँगै काठमाडौं, ललितपुर र काभ्रेसम्म बिक्री वितरण हुँदै आएको छ ।
निजी खानेपानी उद्योगको योगदानलाई बेवास्ता गरेर चाँगुनारायण नपाले एकतर्फी ठेक्का लगाएर पटके कर उठाउन लगाएकोमा एसोसिएसनकै विरोध रहेको केन्द्रीय अध्यक्ष भण्डारी बताउँछन् ।
‘अन्त कतै पनि प्रशोधित पानीमा पटके कर लगाइएको छैन’, उनले भने, ‘तर भक्तपुरको चाँगुनारायण नपामा कसरी कर लिइयो हामी आश्चर्यमा परेका छौं ।’
उनले सबै ठाउँमा व्यवसायीले सम्बन्धित सरकारी निकाय एवं कार्यालयमा एकमुष्ट कर तिर्दै आएकाले चाँगुनारायण नपामा पनि त्यस्तो व्यवस्था नभए केन्द्रीय तहमै आन्दोलन गरिने चेतावनी दिए ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: