Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

राजकुमारी फकाउँदै सलोन र बिनोद

काठमाडौं । राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको छायांकन पाटनस्थित दरबार स्क्वायरमा गरिएको हो। अाजकाे नागरिक पत्रिका दैनिकमा याे खबर छ - गीतमा नायकद्वय विनोद न्यौपाने र सलोन बस्नेतले नायिका सारा सिर्पालीसँग नृत्य गरेका छन् । दुवैले राजकुमारी सिर्पालीलाई फकाउन गरेकोे प्रयास गीतमा समेटिएको छ । उनीहरू तीनैजना राजपरिवार शैलीको पहिरनमा झण्डै ८० भाइभारदारबीच नाचेको दृश्य फिल्ममा देख्न पाइनेछ । गीतमा सुरेश अधिकारीको शब्द, संगीत र विशाल राई तथा मेलिना राईको स्वर छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ। निर्देशक आचार्यले फिल्ममा समावेश यही गीतको छायांकनपछि सम्पूर्ण छायांकन सकिएको बताए । ‘यो गीतलाई फरक बनाउन भनेर केहि समय ब्रेक लिएका थियौं । कोरियोग्राफर गम्भीरसँगको छलफलपछि राणाकालीन पोशाक र दरबारमा भारदारहरूसँगको नाचलाई गीतमा प्रस्तुत गरेका हौं,’निर्देशक आचार्यले भने,‘हामीले बनाएको कन्सेप्ट अनुसार गीत राम्रो बनाएका छौं ।’ यो गीतमा शिवराम श्रेष्ठको छायांकन छ। फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुरको पनि अभिनय छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ ।निर्देशक सुब्रतकै कथा रहेको फिल्ममा अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद, अभिमन्युको पटकथा, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending