Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

चिसापानीमा सर्पदंशको उपचार शुरु

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिए । यस क्षेत्रमा सर्पदंशको उपचार सुविधा नहुँदा सर्पदंशपछि समयमै अस्पताल पुराउन नसकेका कारण ज्यानै गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको समयमा चिसापानी अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएपछि तत्काल उपचार गर्न सहज हुने भएको छ । अस्पतालमा आएका सर्पदंशका सामान्य बिरामीलाई त्यहीँ नै उपचार गरिँदै आइएको छ भने जटिल खालका बिरामीका लागि जोखिम न्यूनीकरण गरी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पठाउने गरिएको छ । सर्पदंशका कारण हुने मृत्युदर कम गर्नका लागि चिसापानी अस्पतालमा शुरु गरिएको सर्पदंशको उपचार सेवा प्रभावकारी हुने अस्पतालका डा मन्जिला घिमिरेले जानकारी दिए । पश्चिम नवलपरासीमा सर्पदंशको उपचारका लागि त्रिवेणीमा रहेको नेपाली सेनाको क्याम्प र जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा उपचार सुविधा रहँदै आएकोमा चिसापानी अस्पतालमा पनि यो सेवा थप गरिएको हो । चिसापानी अस्पतालमा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगविरुद्धको एन्टी रेबिज सुई सेवासमेत शुरु भएको छ । चिसापानी अस्पताल १५ श्यया क्षमताको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy