अनशन र अस्पतालमा प्रहरी हस्तक्षेप, अस्पताल बन्यो रणमैदान
श्रावण ४ गते, २०७५ शुक्रवार 20th July, 2018 Fri०८:२३:४३ मा प्रकाशित
काठमाडाैं । पञ्चायत र शाहीकालमा समेत अस्पतालभित्र प्रहरीले बल प्रयोग गरेको थिएन । तर, लोकतान्त्रिक सरकारको आदेशमा प्रहरीको जत्था लाठी र बन्दुकसहित अस्पतालभित्र छिरेर डाक्टर, नर्स र विद्यार्थीलाई घाइते बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र हतियारधारी कुनै अपराधी होइन, सत्याग्रही अनशनकारी थिए । तर, निहत्था डा. गोविन्द केसीलाई नियन्त्रणमा लिन बिहीबार अस्पतालभित्र लाठीचार्ज र अश्रुग्याससमेत प्रयोग गरेर सरकारले आफ्नो छवि धमिल्याएको छ ।
अस्पतालभित्र हतियारधारी अपराधी होइन, सत्याग्रही अनशनकारी थिए
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर बिहीबार काठमाडौं लगेको छ । उनलाई लैजाने क्रममा प्रहरी र केसीका समर्थकबीच झडप भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै प्रहरीले केसीका समर्थकमाथि अश्रुग्यास प्रहार गर्नुका साथै लाठी बर्सायो ।
करिब एक घन्टा भएको झडपमा एक प्रहरी र केही केसी समर्थक घाइते भएका छन् । आक्रोशित भिडले पनि प्रहरीमाथि आक्रमण गर्यो । केसीलाई अनशनस्थलबाट उठाउन प्रतिष्ठान हाताभित्रै प्रहरी परिचालन भएपछि झडप भएको थियो ।
तनाव बढ्दै गएपछि डा. केसीले पत्रकार सम्मेलन गरेर आफु काठमाडौं जान तयार भएको बताएका थिए । सरकारले बल प्रयोग गरेर आफुलाई काठमाडौं जान वाध्य बनाएको उनको भनाइ थियो । सरकारी टोलीले सेनाको हेलिकोप्टरमा हालेर अपराह्न ४ बजे उनलाई काठमाडौंतर्फ लग्यो ।
सामान्य घाइते भएकाहरू प्रतिष्ठानमै उपचार गरेर घर फर्किए पनि गम्भीर घाइते प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । झडपका क्रममा प्रतिष्ठानका झ्याल, ढोका र फर्निचर तोडफोड गरिएका छन् ।
जुम्ला डायरी
-बिहान ९ बजे : अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं लैजाने हल्ला चलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसी समर्थकको विरोध प्रदर्शनको तयारी, केसीलाई लैजान सेनाको हेलिकोप्टर भगवती दल गणमा अवतरण ।
-बिहान १० बजे : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी, सरकारी वार्ता टोलीका संयोजक खगराज बरालसहित प्रतिष्ठान हातामा प्रवेश, विद्यार्थीको अवरोध, डा. केसीलाई नभेटेरै उनीहरू फर्किए ।
-बिहान १०ः३० बजे : प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र सरकारी टोलीबीच आधा घन्टा छलफल, केसीलाई काठमाडौं लैजाने सहमति बनेन । सरकारी टोली बल प्रयोग गरेरै भए पनि लैजाने निष्कर्षमा पुग्यो ।
-बिहान ११ः३० बजे : प्रहरी बल प्रयोग गरेर अस्पतालभित्र छिर्यो । विरोधमा उत्रिएका विद्यार्थी र स्वास्थ्यकर्मीसँग झन्डै एक घन्टा झडप भयो । प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भए । झडपका क्रममा प्रतिष्ठानका झ्यालढोकाका सिसा र फर्निचर तोडफोड भए ।
-दिउँसो १ः३० बजे : डा. केसीले पत्रकार सम्मेलन बोलाए । जुम्लामा बसिरहँदा धनजनको ठूलो क्षति हुने देखिएकाले आफू काठमाडौं जान तयार भएको उनले बताए । तनावग्रस्त वातावरण त्यसपछि सामान्य बन्दै गयो ।
-दिउँसो ३ः०० बजे : जुम्लाका डिएसपी तपनकुमार दाहालले भिडलाई नियन्त्रणमा लिने उद्देश्यसहित ‘घाइते प्रहरी कमल उपाध्यायको निधन भयो’ भन्दै माइकिङ गरे । त्यसपछि प्रदर्शनकारी तितर–बितर भए ।
-अपराह्न ४ः०० बजे : प्रतिष्ठान परिसरमा केसीका केही समर्थक विरोधमै थिए । तर, पनि सरकारी टोली केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजान सफल भयो । जाँदाजाँदै केसीले आपूmलाई बल प्रयोग गरेर सरकारले काठमाडौं जान बाध्य पारेको बताए ।
उपचारसँगसँगै वार्ताबाट समाधान खोज्छौँउपेन्द्र यादव, स्वास्थ्यमन्त्रीअनशनरत
डा. गोविन्द केसीले उठाएका सबै माग गलत पनि छैनन् । र, सबै माग सरकारले पूरा गर्ने खालका पनि छैनन् । अहिले उहाँको स्वास्थ्य उपचार पहिलो प्राथमिकताको विषय हो । केसीलाई काठमाडौं ल्याउनु नै सरकारको सफलता हो । अब उपचारसँगै वार्ताका माध्यमबाट समस्या समाधानको बाटो खोजिन्छ ।
अध्यादेशअनुसारको विधेयक लगेर संसद्मा छलफल गर्नुपर्छकेदारभक्त माथेमा, संयोजक, माथेमा कार्यदलकोही मान्छे जागिरदेखि
डराउँछन्, कोही मान्छे जीवनदेखि । गोविन्द केसी यस्ता मान्छे हुन्, जो जागिर र जीवन दुवैसँग डराउँदैनन् । त्यस्तो मान्छेसँग डिल गर्न गाह्रो हुन्छ । त्यसकारणले मलाई लागेको चाहिँ गोविन्द केसीको अनशन तोडाउने हो भने अहिले तयार भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्छ । पहिलाको अध्यादेशअनुसारको विधेयक संसद्मा लगेर छलफल गर्नुपर्छ । मैले यो कुरा अलि पहिले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि भनेको थिएँ ।
प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?गोकुल बाँस्कोटा, सरकारका प्रवक्ता
केसीलाई काठमाडौं ल्याइएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन । उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होइन ? जुम्लामा प्रहरीमाथि तालिवानी शैलीमा आक्रमण भएको छ । प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवार ढंगले अघि बढेका छौँ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: