के मेसीले फुटबलबाट सन्यास लिदैछन् ? यसो भन्छन् टेभेज
श्रावण ४ गते, २०७५ शुक्रवार 20th July, 2018 Fri०९:१५:०० मा प्रकाशित
काठमाडौं ।अर्जेन्टिनाका स्टार स्ट्राइकर नियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने हुन् या होइनन् निकै चाँसोकासाथ हेरिएको छ । धेरैको अनुमान छ उनले सन्यास लिन सक्छन् । तर अर्जेन्टिका पूर्व खेलाडी कार्लोस टेभेजले भने अहिले नै मेसीले सन्यास नलिने बताएका छन्। कार्लोसले भनेका छन्, ‘अझै मेसीले अर्जेन्टिनालाई साथ दिनुपर्ने छ र अहिले नै उनले सन्यास लिदैनन् ।’
मेसीको नेतृत्वको अर्जेन्टिनाले रसिया विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै विश्वब्यापी रूपमा आलोचना भएको थियो। मुस्किलले समूह चरण पार गरेको अर्जेन्टीना प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४-३ ले पराजित हुँदै घर फर्किएको थियो।
क्लब फुटबलमा सर्वाधिक सफल मेसीले चार खेलबाट १ गोल गरेका थिए। ३१ वर्षे यी स्टारले अब विश्वकपपछि सन्यास लिने धेरैको आँकलन थियो तर म्यानचेस्टर युनाइटेडका पूर्व स्टार टेभेजले भने उनले अझै देशका लागि केही गर्न चाहेको भन्दै तत्काल यस्तो निर्णय नलिने दाबी गर्छन्। यद्यपी उनले आफ्नो भविष्यको अन्तिम निर्णय मेसी आफैंले लिनु उपर्युक्त हुने बताउँछन्। यदि उनी आफ्नो खेलबाट खुसी छैनन् भने उनले यस विषयमा सोच्नुपर्ने हुन्छ। उनलाई के गर्दा सहज हुन्छ त्यो बढी महत्वपूर्ण भएको भन्दै टेभेज अर्जेन्टिना जस्तो टोलीको नेतृत्व गर्नु वास्तवमै निकै गाह्रो हुने बताए।
उनले मेसीलाई अर्जेन्टिनाले कहिलै खुसी पार्न नसकेको दाबी गरे। ‘मलाई लाग्छ उनलाई सहज हुने गरि साथ नदिनु हाम्रो गल्ती हो। एउटा खेलाडी र अर्जेन्टिनी भएको नाताले म भन्छु हामी उनलाई चाहन्छौं किनकी उनी अर्जेन्टिनाको आत्मा हुन्। सम्भव भएसम्म उनले खेल्नुपर्छ। उनी अर्जेन्टिनाका ठूलो खेलाडी हुन् र उनले त्यसको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ।’
मेसीको अहिले राष्ट्रिय टोलीका फुटबल समर्थकसँगको सम्बन्ध पहिले जस्तो प्रगाढ छैन। यस्तो अवस्थामा मेसीले राष्ट्रिय टिमबाट सन्यास लिने सम्भावनालाई नकार्न सकिन्न। यसैले टेभेज अन्तिम निर्णय लिनुअघि मेसीलाई केही समय सोचविचार गर्न सुझाव दिन्छन्। ‘मेरो विचारमा लिओले केही समय सोचविचार गर्नु राम्रो हो,’ टेभेज भन्छन्।
अर्जेन्टिनाका पूर्व स्टार स्ट्राइकर कार्लोस टेभेजले लिओनल मेसीलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिन सुझाव दिएका छन् र उनले अर्जेन्टिनाले आफ्नो स्टार खेलाडीका लागि थप समर्थन गर्नुपर्ने बताएका छन्। एजेन्सी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: