Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधर लागेका छन् । कार्यसमितिको आधिकारिकतासम्बन्धी रिटमा सर्वोच्चले आइतबारका लागि तारिख तोकेको छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित कोइराला पक्षधर सहमहामन्त्री बद्री पाण्डेले आगामी आइतबारलाई अन्तिम ‘बटमलाइन’ मानेर अघि बढ्ने बताए । ‘हामी सबैको ध्यान २२ चैतमा छ । अदालतले त्यो दिन विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति वा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति जसलाई मान्यता दिए पनि स्वीकार गरेर नियमित महाधिवेशनमा जानुपर्छ भन्नेमा हामी सहमत छौं,’ उनले भने ।

अदालतमा निरूपण प्रक्रिया लम्बियो भने नकुर्ने र एकताका लागि राजनीतिक संवाद थाल्ने पाण्डेको भनाइ छ । ‘पार्टी एकीकृत बनाउनुपर्छ भन्नेमा हामी प्रस्ट छौं,’ उनले भने ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरिएको विषयमा नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति निकालेपछि विवाद पेचिलो बनेको थियो । यही विषयमा पार्टीका प्रवक्ता देवराज चालिसेले पनि विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गरेका थिए । खड्काले ओली–लेखक पक्राउलाई राजनीतिक प्रतिशोधका रूपमा लिँदै राजनीतिक र कानुनी प्रतिवाद गरिने बताएका थिए । चालिसेले विज्ञप्तिमा २३ भदौको घटनालाई मात्रै केन्द्रित नगरी २४ भदौको आगजनी र विध्वंसका दोषीमाथि पनि अनुसन्धान गरेर कारबाही गर्नुपर्ने माग राखेका थिए ।

सभापति गगन थापा पक्षधर नेताहरूले नेता खड्काले ‘कार्यवाहक सभापति’ को हैसियतबाट समानान्तर गतिविधि चलाएको भन्दै अनुशासनको कारबाही गर्नेसम्मको चेतावनी दिँदै आएका छन् । कांग्रेसले तारामान गुरुङको संयोजकत्वमा रहेको केन्द्रीय अनुशासन समितिको बैठक बुधबारका लागि बोलाएको छ ।

खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि धुम्बाराहीस्थित स्मार्ट होटलमा बोलाएका थिए । पार्टीको झन्डा र ब्यानरसहित केन्द्रीय कार्यसमितिकै नामबाट बैठक नराख्न कोइराला पक्षबाट दबाब परेपछि खड्काले बैठकलाई औपचारिकता दिएनन् । पाण्डेले मंगलबार र बुधबार चल्ने बैठक नभई अनौपचारिक भेला मात्रै भएको बताए । ‘हिजो–अस्तिबाट जति बसाइ भएका छन्, यी सबै अनौपचारिक हुन् । विशेष महाधिवेशन पक्षधरहरूले चुनावको समीक्षा गर्नुभयो । यता पूर्णबहादुर खड्का र चुनाव लडेका शेखर कोइराला, बिमलेन्द्र निधिलगायतले पनि चुनावको समीक्षा गर्नुपर्ने होला । केन्द्रीय कार्यसमितिको ठाउँ नभएकाले अर्को अनौपचारिक प्लाटफर्ममा जम्मा भएर छलफल गर्नुपरेको हो,’ पाण्डेले भने, ‘यस्तो छलफलले पार्टीलाई बल पुग्छ । यसबाट संवादहीनता अन्त्य गर्न भन्ने विश्वास पनि छ ।’

देउवा पक्षका कतिपय नेता भने विशेष महाधिवेशनको अस्तित्व स्विकार्ने पक्षमा अझै छैनन् । नेता जितजंग बस्नेत सर्वोच्च अदालतले फैसला नदिँदासम्म विशेष महाधिवेशनबाट आएको नेतृत्वले ल्याएको कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रियामा अघि बढ्न नसकिने बताउँछन् । ‘अदालतले निर्णय नदिँदासम्म समानान्तर गतिविधि नै चल्छ,’ उनले भने ।

२७–३० पुसको विशेष महाधिवेशनबाट सभापति भएका थापाकै नेतृत्वमा कांग्रेस चुनावमा होमिएको थियो । थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले २ माघमा मान्यता दिएको थियो ।

त्यसलाई चुनौती दिँदै देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गरेर १३ फागुनमा सिंगापुर गएका देउवा फर्किएका छैनन् ।

मुद्दामा गए पनि देउवाले थापाको हस्ताक्षर रहेको टिकट लिएर चुनाव लड्न चाहेका थिए । तर टिकट नपाउने स्थिति देखेपछि उनले ५ माघमा चुनाव नलड्ने घोषणा गरेका थिए । खड्काले भने आफू मुद्दामा गएकाले नैतिक आधारमा पनि टिकट नलिने जानकारी गराएका थिए ।

विशेष महाधिवेशनको विपक्षमा रहेका शशांक कोइराला, प्रकाशमान सिंह, रमेश लेखक, श्याम घिमिरे, रामहरि खतिवडासमेतले चुनाव लड्न चाहेका थिए । तर उनीहरूले टिकट पाएनन् । विशेष महाधिवेशनको विपक्षमा रहेका नेता शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशशरण महत, महेन्द्र यादव, किशोर राठोर, महालक्ष्मी उपाध्याय ‘डिना’, मीनेन्द्र रिजाललगायत भने थापाकै हस्ताक्षरबाट टिकट लिएर निर्वाचनमा होमिएका थिए ।

अदालतमा कानुनी लडाइँ जारी रहेकाले खड्काले कार्यवाहक सभापतिको हैसियत कायम राखेको तर्क पाण्डेको छ । ‘मैले र हाम्रो पक्षमा भएका कुनै पनि पदाधिकारीले सहमहामन्त्री, उपसभापति भनेका छैनौं । पूर्णबहादुर दाइ मुद्दाको एउटा पक्ष हो । आफैंले मुद्दा हाल्नुभएको छ । जुन दिन कार्यवाहक सभापति भन्न छाड्नुहुन्छ, त्यो दिन मुद्दा डिसमिस हुन्छ,’ उनले भने, ‘कानुनी लडाइँका लागि कार्यवाहक राख्नुभएको हो । तर, २२ चैतदेखि यो अवस्था रहन दिनु हुन्न भन्नेमा हामी छौं ।’

थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगबाट मान्यता पाएपछि देउवा पक्षमा रहेका नेता तथा कार्यकर्ताले पुरानो समूह छोड्न थालेका छन् । बागमती प्रदेश कार्यसमितिका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापा र मधेश प्रदेशका पार्टी सभापति एवं मुख्यमन्त्री कृष्ण यादवले देउवा समूह छाडेका छन् । तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति १ सय ६४ सदस्यीय रहेकामा मंगलबार खड्काले बोलाएको बैठकमा करिब ६० जनाको उपस्थिति थियो । खड्काले शेखर कोइराला र शशांक कोइरालालाई दायाँ–बायाँ राखेर भेलाको सुरुवात गरेका थिए । शशांक केहीछिन बसेर निस्किएका थिए ।

भेलामा बोल्ने अधिकांश नेता पार्टी एकताको पक्षमा उभिएका छन् । उनीहरूले देश नै अप्ठ्यारोमा परेका बेला दुवै पक्ष लचिलो भएर एकताको पक्षमा उभिनुपर्ने धारणा राखेका थिए । ‘पार्टी एकताका लागि दुवै पक्ष लचिलो हुनुपर्छ । विशेषबाट नेतृत्व लिनुभएका नेताहरूले अझ बढी लचकता देखाउनुपर्छ, उहाँले देखाउनु भएन भने पनि वरिष्ठ नेताहरूले किन आफैं अग्रसरता नलिने भन्ने कुरा बैठकमा आयो,’ नेता रामहरि खतिवडाले भने । धेरैजसो नेताले संवाद अघि बढाएर १५ औं महाधिवेशनमा जुट्नुपर्ने धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको ११ चैतमा भएको बैठकले १६–१९ असोजमा १५ औं केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ । महाधिवेशनको तालिका तोकिए पनि संस्थापन पक्ष र इतर समूहबीच संवाद लगभग ठप्प छ । पार्टी प्रवक्ता देवराज चालिसे विवाद छाडेर पार्टीलाई एकीकरणको मानसिकता बनाएर अघि बढ्ने हो भने समाधान खोज्न आइतबारसम्म प्रतीक्षा गर्नु नपर्ने बताउँछन् । ‘कुनै इगो राख्नु हुँदैन । पार्टीकेन्द्रित सोच राख्यौं भने आफैं समाधान हुन्छ,’ उनले भने, ‘वैधानिक टेबलमा फरक मत, असहमति सबै स्वीकार्य छ । फरक मतलाई बन्देज होइन, स्वागत गर्ने हो । कानुनले पार्टी एउटै मानेको छ । निर्वाचनमा एउटै पार्टी गएको हो । अब भित्र र बाहिर नभनी नियमित महाधिवेशनमा जानुको विकल्प छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending