Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

ट्रम्पद्वारा पुटिनलाई अमेरिका भ्रमणको निम्तो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन्। ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका भ्रमणको लागि तयारी सुरु भइसकेको छ। ट्रम्प र पुटिनबीच हालै फिनल्याण्डको राजधानीमा भएको बैठकलाई लिएर विवाद चर्किरहेको बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको प्रसङ्ग अगाडि आएको छ। पुटिनलाई अमेरिका भ्रमणमा बोलाइएको विषयमा रुसको प्रतिक्रिया बाहिर आइसकेको छैन। तर त्यो प्रसङ्ग सार्वजनिक भएलगत्तै कतिपय अमेरिकी अधिकारीले आश्चर्य प्रकट गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूलाई रुसले सोधपुछ गर्न पाउनु पर्ने भन्ने पुटिनको प्रस्ताव अस्वीकार गरिदिएका थिए। ट्रम्प र पुटिनबीच सोमबार फिनल्याण्डमा शिखर बैठक भएको थियो तर त्यसका उपलब्धिका विषयका थोरै जानकारी मात्रै बाहिर आएको छ। हेलसिन्की बैठकपछिको पत्रकार सम्मेलनमा ट्रम्पले दिएको प्रतिक्रियाका विषयमा तीव्र विवाद भइरहेको छ। तर ट्रम्पले ट्विटरमार्फत् दिएको सन्देशमा रुसमा भएको शिखर बैठक निकै सफल भएको बताएका छन्। उनले गलत समाचार प्रवाह गर्ने सञ्चार माध्यमहरूलाई उनकै शब्दमा ूजनताका सत्रुू भएको भन्दै आलोचना गरेका छन्। उनले अब अर्को बैठकमा आतंकवादविरुद्ध लड्ने उपाय इजरेलको सुरक्षा र परमाणु अस्त्रका विषयमा कुराकानी हुने बताएका छन्। अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको खबरप्रति आश्चर्य व्यक्त गरेका छन्। एक सम्मेलनमा हासेर बोल्दै उनले \'त्यो भ्रमण विशेष हुने\' प्रतिक्रिया दिएका छन्। उनले हेलसिन्की बैठकमा ट्रम्प र पुटिनबीच भएको कुराकानीबारे आफूलाई केही थाहा नभएको बताए। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy