Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ: प्रधानमन्त्री शाह

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने स्पष्ट पारेको छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज वैशाख ८ गते आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने धारणा राखे । यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व सरकारका लागि निकै उच्च रहने बताए। 

उनले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सक्ने उत्कृष्ट विज्ञताको आवश्यकता रहेको औँल्याउँदै सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्ने प्रतिबद्धता समेत जनाए। कुनै पनि बहानाबाजी नगरी विना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिँदै उनले विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुने तथ्यलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गरे।

प्रधानमन्त्री शाहले मन्त्रालयहरूबिच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै एउटै सरकार मातहत त्यस्तो समस्या देखिनु दु:खद भएको बताए। बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न सचेत गराउँदै उनले प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव हुने उल्लेख गरे। पुराना नीति र ऐनकै भरमा दशकौँसम्म काम चलाउन सकिए पनि सुधार नगरेसम्म देश समृद्ध हुन नसक्ने प्रधानमन्त्रीको भनाइ थियो।

सो अवसरमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढ्ने बताए। 

विज्ञहरूको ज्ञानलाई सरकारी नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिँदै उनले स्पष्ट लक्ष्य, पर्याप्त बजेट र मापनयोग्य परिणामसहितका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमार्फत ल्याउनुपर्नेमा जोड दिए।

अर्थमन्त्री वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण र अप्रासङ्गिक प्रावधानहरूको खारेजी गर्दै नयाँ आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने जानकारी दिए। 

छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेको थिए। 

प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन–अनुसन्धान सरकारी कार्य प्रणालीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोतसाधनको मागसमेत गरेका थिए। प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मेहनतका साथ काम गर्ने प्रेरणा मिलेको सहभागी पदाधिकारीहरूले बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending