Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

मापदण्ड उल्लङ्घन गरी घर निर्माण

ललितपुर। पाटनका दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ । ‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४’ मा यस क्षेत्रमा घरको अधिकतम उचाइ ३५ फिट र चार तलाभन्दा बढी हुन नहुने उल्लेख छ । भूकम्पका समयमा क्षतिग्रस्त घर पुनःनिर्माण गर्दा घरधनीले उचाइलगायतका पालना गर्नुपर्ने नियम बेवास्ता गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा स्वीकृत नक्साभन्दा उचाइ बढाउनुका साथै अन्य कुरा थपघट गरेर घर निर्माण गरेको पाइएको कार्यालय प्रमुख काजीमान प्याकुरेल बताउछन् । घरधनीले नक्सा स्वीकृतिका लागि महानगरपालिकामा निवेदन दिएपछि यस कार्यालयमा आउँछ । कार्यालयले मापदण्डअनुसार नहुँदा नक्सा सच्याएर पठाउने गरेको छ । आफूले सच्याएको नक्साअनुसार कतिपय घर निर्माण नभएको पाइएको उल्लेख गर्दै उनी भन्छन्, “सम्पदा क्षेत्रमा पर्ने घर भएकाले हामीले हेर्ने भए पनि नक्साको अन्तिम स्वीकृत गर्ने निकाय त महानगरपालिका नै हो ।” महानगरपालिकाले चाहँदा मापदण्ड मिचेका घरलाई कारवाही गर्न सक्छ । भूकम्पपछि बनेका मात्रै होइन कतिपय भूकम्प पहिले बनेका घरसमेत विश्व सम्पदा क्षेत्रको मापदण्डअनुसार नभए पनि स्थानीय निकायले चाहे मापदण्डको पालना सजिलै गराउन सक्ने प्रमुख प्याकुरेल बताउछन्। यसअघि अन्य सम्पदा क्षेत्रमा मापदण्डविपरीत बनेका घरलाई स्थानीय निकायले कारवाही गरे पनि ललितपुरमा भने कडाइ गरिएको छैन । स्थानीय निकायले विभिन्न प्रोत्साहनका कार्यक्रम गरेर परम्परागत घर बनाउन स्थानीयवासीलाई प्रेरित गर्न सक्छ । भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर निर्माण गर्नेलाई प्रोत्साहनस्वरुप सहयोग उपलब्ध गराएकाले यस महानगरपालिकाले त्यस्तै प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनी भन्छन् “परम्परागत रूपमा घर बनाउन चाहेर पनि आर्थिक रुपमा नसकेकाले समेत बनाउन सक्छन् ।” परम्परागत शैलीमा जस्ताको तस्तै घर बनाउन नसक्नु स्थानीयवासीको पनि बाध्यता रहेको कार्यालय प्रमुख प्याकुरेल जोड दिन्छन् । परिवार ठूलो हुँदा धेरै तला बनाउनुपर्ने, कौसी ठूलो नभई नहुने र कलात्मक झ्याल ढोका महँगो हुँदा बनाउन नसक्ने पनि छन् । परम्परागत जीवनशैलीमा परिवर्तन आएका कारण पनि स्थानीयवासीले आधुनिक तरिकाको घर बनाउन चाहने भएको देखिन्छ । पहिले घाम ताप्न वा अन्न सुकाउनका लागि जतासुकै चोक वा खाली जग्गा थिए तर अहिले खाली जग्गा नै कम हुँदैछ । सुरक्षाका दृष्टिले पनि स्थानीयवासीले सार्वजनिक ठाउँमा अन्न सुकाउन नसक्ने भएका छन् । परम्परा जोगाउनुपर्छ भन्ने सोचाले केहीले घरमा परम्परागत शैली अपनाएका छन् भने कतिपयले भने चाहेर पनि आर्थिक रुपमा महँगो पर्ने भएकाले त्यसरी घर बनाउन सकेका छैनन् । एउटै परिवारमा धेरै दाजुभाइ बस्दा धेरै तला चाहिने वा कौसी पनि चाहिने हुन्छ । कपडा सुकाउनकै लागि पनि ठूलो कौसीको अवश्यकता हुन्छ । विश्व सम्पदा क्षेत्रमा त्यहाँ रहेका स्मारकहरु जत्तिकै त्यहाँका निजी घर वा सार्वजनिक पूर्वाधारको महत्व भएपनि भूकम्पपछि पुनःनिर्माणमा ढिलाइ गर्दा केही वर्ष पहिले युनेस्कोले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको जानकारी दिँदै उहाँ भन्छन्, “हामीले परम्परागत जीवनशैली र बस्ती कायम राख्न नसके फेरि यस्ता समस्या दोहोरिन्छ ।” मापदण्डमा संरक्षित स्मारक क्षेत्रमा घर वा भवनकोे उचाइ अधिकतम ३५ फिट हुनुपर्ने, बुइँगल वा भ¥याङ कभरसमेत गरेर चार तलाभन्दा बढी तला भन्दा बढी हुन नहुने, भूकम्पीय सुरक्षाका लागि आरसिसी गर्नुपर्ने र बाहिरी भागमा चिम्नी, इँटा वा काठले छोप्नुपर्ने व्यवस्था छ । घरको तेस्रो तलामा घाम र पानी छेक्नका लागि बलेसी निकाले पनि २५ देखि ३० डिग्री स्लोप पारेर काठको फल्याक ठोक्नुपर्ने र टुँडाल निकाल्नुपर्ने, झ्याल र ढोकाको चौडाइ र लम्बाइ पनि तोकिए बमोजिम नै हुनुपर्ने तर त्यसमा फलामे रोलिङ, सटर, चेन गेट आदि राख्न नपाइने र राख्न चाहनेले पनि काठका खापाले छोपिने गरी राख्नुपर्ने हुन्छ । घरको छाना झिँगटी वा टायलले छाएको दुई पाखे शैलीको हुनुपर्ने, तेस्रो तलामा बढीमा तीन फिटसम्मको बार्दली, डेढ फिटसम्म उचाइ र बढीमा छ फिटसम्मको पेटी बनाउन पर्ने घरको चौथो तलामा चार भागको एक भागसम्म कौसी बनाउन पर्ने हुन्छ । ललितपुर महानगरपालिकामै पर्ने खोकना र बुङ्मतीलाई युनेस्कोले केही वर्ष पहिले विश्व सम्पदा क्षेत्रका लागि सम्भावित स्थानको सूचीमा राखेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy