Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एक भोट नहालेका इमरानलाई कसरी विश्वास गरे पाकिस्तानी जनताले ?

करीब दुई दशक क्रिकेटको दुनियाँमा राज गरेका इमरान खानले खेल जीवनबाट सन्यास लिएपछि २२ वर्षअघि राजनीतिमा कदम राखेका थिए । अहिलेको आम निर्वाचनमा पछिल्लो अपडेट अनुसार, उनको पार्टीले ११९ सिटमा जित हासिल गरेको छ । तर, यो सफलतासम्म आइपुग्न खानलार्इ ठूलो पापड पेल्नु पर्यो । सन् १९९६ मा पाकिस्तानको राजनीतिमा उत्रिएर उनले ९तहरिक–ए–इन्साफ० पार्टीको स्थापना गरे । तर, एक वर्षपछि भएको आम निर्वाचनमा उनको पार्टीले कुनै पनि सिट जित्न सकेन । सन् २००२ देखि २००७ सम्म उनले राष्ट्रिय सभामा मियांवाली निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरे । राजनीतिमा लागेको लामो समयसम्म पनि त्यहाँका मिडिया र अन्य विपक्षीले इमरान खानलार्इ गम्भीरतापूर्वक लिएनन् । खानले सन् १९९९ मा जनरल परवेज मुसर्रफको सैन्य कूको समर्थन गरेका थिए । पछि २००२ को आम निर्वाचनमा फेरि उनले मुसर्रफको कार्यशैली प्रति आपत्ति जनाउँदै आफ्नो समर्थन फिर्ता लिए । सन् २००२ मा इमरानको पार्टीले केवल ०.८ प्रतिशत भोट प्राप्त गर्यो भने २७२ मध्ये जम्मा १ सिट मात्रै जित्न सफल भयो । त्यतिखेर इमरान आफैं मियांवली निर्वाचन क्षेत्रको एनए–७१ बाट विजयी भएका थिए । सांसदका रुपमा इमरान कश्मीर र लोकलेखाको स्थायी समितिको सदस्य रहेर काम गरे । ३ नोभेम्बर २००७ मा राष्ट्रपति मुसर्रफले पाकिस्तानमा संकटकाल घोषणा गरे । यस घटनालाई लिएर इमरानले मुसर्रफलाई मृत्युदण्ड दिनुपर्ने प्रतिक्रिया दिए । सरकारको विरोध गरेकोले उनी आफ्नै घरमा नजरबन्दमा परे । इमरानमाथि आतंकवाद अधिनियम अन्तर्गत आरोप लाग्यो । उनलाई डेरा गाजी खान जेलमा राखियो, जहाँ उनलाई पारिवारिक सदस्यहरुसँग मात्रै भेट्ने अनुमति थियो । उनले जेलमा नै भोक हड्ताल सुरु गरे । पछि २१ नोभेम्बरमा उनलाई राजनीतिक कैदीहरुको साथमा रिहा गरियो । फेब्रुअरी २००८ मा उनको पार्टीले चुनाव बहिष्कार गर्‍यो । मार्च २००९ मा इमरान एकपटक फेरि नजरबन्दमा परे । सरकारविरोधी प्रदर्शनलाई लिएर यसपटक आसिफ अली जर्दारी सरकारले उनलाई आफ्नै घरमा बन्द गरेको थियो । यसपछि सन् २०१३ को निर्वाचनको लागि इमरानले रणनीतिक रुपमा काम गरे । उनले तत्कालिन पाकिस्तान पिपुल्स पार्टीको सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दै जर्दारी सरकारले गरेको भ्रष्टाचारको मुद्दा उचाले र अफगानिस्तान–पाकिस्तान सीमामा अमेरिकी ‘ड्रोन’ हमलाको विरोध गरे । इमरानले राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था र आतंकवाद विरोधी पाकिस्तानको वकालत गर्छन् । सफल क्रिकेटर इमरान खान कति ठूला क्रिकेटर हुन् भन्ने कुरा एउटा घटनाले पुष्टि हुन्छ । जब उनले १९८७ मा राष्ट्रिय टिमबाट सन्यास लिए त्यसपछि राष्ट्रपति आफैले उनलाई आग्रह गरेर १९८८ राष्ट्रिय टिममा बोलाइएको घटनाबाट नै प्रष्ट हुन्छ । १९ वर्षको छँदा इंग्ल्याण्डविरुद्धको टेष्टमा पाकिस्तानको टिमबाट डेब्यु गरेका उनले तीन वर्षपछि वान डे टिममा पनि स्थान बनाए । उनले सन्यास फिर्ता लिएर ३९ वर्षको उमेरमा कप्तानको रुपमा पाकिस्तानलाई विश्वकप जिताए । सन् १९७८ मा अष्ट्रेलियाको पर्थमा आयोजित एक समारोहमा उनले १३९।७ किलोमिटरको गतिमा फ्याँकेको बलको कारण उनको परिचय तीब्र गतिका बलरको रुपमा रहन गयो । इमरान खान डेनिस लिली र एन्डी रोबट्र्स जस्ता चर्चित बलरहरुलाई पछाडि पार्दै तेस्रो स्थानमा रहे । उनको आडि माइकल होल्डिंग्स र जेफ थोमसन मात्रै थिए । इमरान खानले ८८ टेस्ट म्याचमा ६ शतक र १८ अर्धशतको मद्धतले ३,८०७ रन बनाएका छन् र ३६२ विकेट लिएका छन् । क्रिकेटबाट सन्यास लिने समयमा उनी पाकिस्तानको सर्वाधिक टेस्ट विकेट लिने बलर थिए । जब उनी सन् १९८२ मा पाकिस्तानको क्रिकेट टिमको कप्तान बने त्यतिखेर उनी धेरै लजालु थिए । सुरुवाती टिम बैठकमा उनी टिमका सदस्यहरुसँग राम्रोसँग कुरा गर्न सक्दैन थिए । यसपछि कप्तान र एक क्रिकेटरको रुपमा उनको उपलब्धी शिखरमा रहे । इंग्ल्याण्डलाई उसैको घरमा हराउने, भारतविरुद्ध घरेलु सिरिजको ६ टेस्टमा ४० विकेट लिने, श्रीलंकाको विरुद्ध करियरको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने जस्ता प्रदर्शनले उनलाई सफल क्रिकेटरको पहिचान दियो । सन् १९८७ को विश्वकपको सेमिफाइनलमा हारेपछि उनले सन्यास लिए तर, पाकिस्तानका राष्ट्रपति जनरल जिया उल हकको आग्रहमा उनले फेरि कप्तानी सम्हाले र १९९२ मा विश्वकप जिताए । इमरानले पाकिस्तानलाई आफ्नो पहिलो विश्वकप मात्रै जिताएनन् । ३९ वर्षको उमेरमा पनि आफ्नो टीमको तर्फबाट टुर्नामेन्टको सबैभन्दा धेरै रन उनैले बनाए । राजनीतिमा आउनु पहिले पाकिस्तानको निर्वाचनमा एक भोट पनि नहालेको बताउने इमरानलाई विश्वास गर्दै यो निर्वाचनमा उनको पार्टीको चिहृन क्रिकेट ब्याटमा पाकिस्तानी मतदाताले धेरै भोट खसाएका छन् । यससँगै चुनावमा इमरानको जीतले पाकिस्तानको राजनीतिमा दशकौंको भुट्टो र शरीफ परिवारको वर्चश्व तोडिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy