मस्को । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ । बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर अल असदलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो तर उनी बालाबाल बाँचेका छन् ।
सिरियामा कु’ भएयता असद आफ्नो परिवारसँग रूसको राजधानी मस्कोमा छन् । लामो समयदेखि मध्यपूर्वमा उनीहरुको महत्वपूर्ण सहयोगी रहेको रुसले मस्कोमा असद परिवारलाई सुरक्षा दिएको छ । राष्ट्रपति भ्लादिमर पुटिनले असद र उनका परिवारका लागि एक गोप्य अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइ दिएका छन ।
बेलायती ट्याब्लोइड ‘द सन’को रिपोर्टका अनुसार असदलाई उनको आफ्नै घरमा मार्ने प्रयास गरिएको थियो, जब यसको प्रमाण बाहिर आयो तब हलचल मच्चिएको थियो । असदविरुद्ध षड्यन्त्र गर्ने को हो भन्ने प्रश्न उठिरहेको छ ? नयाँ सिरियाली सरकार असदलाई हटाउन चाहन्छ वा यसको पछाडि केही अन्य कारण छ ? यो छानबिन भइरहेको जनाइएको छ ।
पूर्व रुसी जासूसको ठूलो दाबी अनुसार उनलाइ बिष पिलाउने प्रयास गरिएको हो तर पत्रिकाले उनको नाम गोप्य राखेको छ । असद गत वर्ष डिसेम्बर ८ देखि मस्कोमा भ्लादिमिर पुटिनको संरक्षणमा छन् । तर पूर्व शीर्ष रूसी जासूसद्वारा सञ्चालित अनलाइन जनरल एसभीआरले बशर अल असद आइतबार बिरामी परेको उल्लेख गरेको थियो ।
त्यसाे त साे घटना पछि ५९ वर्षीय असद असदलाई निसास्सिएर बारम्बार खोकी लाग्ने गरेको दाबी गरिएको छ । श्रोतका अनुसार परीक्षणपछि असदको शरीरमा विषाक्त तत्व भेटिएको रिपोर्ट आएको थियो । असदको उनी बसेको अपार्टमेन्टमा नै उपचार गरेपछि सोमबार मात्र असदको अवस्था स्थिर भएको थियो । यद्यपि, रूसी अधिकारीहरूबाट कुनै पुष्टि भने गरेका छैनन ।
असदलाई विष दिनुको कारण यही हो भनेर अझै खुलेको छैन तर अनुमान भने बिभिन्न गरिन थालिएको छ । सो पत्रिकाले भनेको बसर अल असदलाई विष दिएका थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन तर गत महिना उनकी श्रीमती अस्मा बेलायत फर्कन चाहेको बाहिर सार्बजनिक भएको थियो । तर, राहदानीको म्याद सकिएकाले उनी लन्डन फर्कन नसक्ने अवस्थामा असदको खानामा बिष हालिएको समाचार बाहिरिएको हो ।
यसबाहेक असद र उनकी श्रीमती अस्माबीचको वैवाहिक तनावको पनि उत्तिकै चर्चा रहेको छ । रिपोर्टका अनुसार अस्मा गम्भीर रोगबाट पीडित छिन् र उनी असदसँग सम्बन्धविच्छेद गरेर थप उपचार गराउन चाहन्छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: