Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

रौतामा धार्मिक पर्यटकस्थल निर्माणका लागि बृहत् गुरुयोजना

गाईघाट। जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । गाईघाटदेखि रौतासम्म केबलकार सञ्चालनका लागि दुबै गाउँपालिका र नगरपालिकका साथै अन्य ठूला निजी कम्पनीको आर्थिक लगानीका लागि छलफल भएर सहमति नजिक पुगेको उनले जानकारी दिए । यस्तै रौता पोखरी क्षेत्रमा यसै आवदेखि नै भ्यूटावर निर्माण गरिने, विद्युत्, खानेपानी, र प्रहरी चौकी स्थापना र गेष्टहाउस निर्माण गरी चार वर्षभित्र रौता क्षेत्रलाई जिल्लाकै बृहत् पर्यटकीयस्थलका रुपमा विकास गरिने सोही गाउँपालिकाकको उपाध्यक्ष कुमारी ठकुरीले बताए । सो गुरुयोजनाका लागि झण्डै रु एक अर्बभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ । अबको चार वर्षभित्र उदयपुर जिल्लाको धार्मिक पर्यटकस्थल रौता क्षेत्र जिल्लाकै पहिलो धार्मिक तीर्थस्थलको रुपमा पूर्ण विकसित हुने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि दुईहजार मिटरको उचाइमा अवस्थित रौता पोखरी क्षेत्रमा जिल्लाकै धार्मिक पवित्र तीर्थस्थल रौता पोखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा दैनिक २०० सम्म तीर्थयात्री आउने गरेको स्थानीय जुद्धबहादुर मगरले बताए । उच्च पहाडी क्षेत्रमा रहेको रौताबाट सगमाथा हिमालसहित, सोलुखुम्बु, ओखलढुंगा खोटाङ भोजपुर जिल्ला देख्न सकिन्छ भने दक्षिणतर्फ सुनसरीको इटहरी, दुहबी, सप्तकोशी, सिरहा र जनकपुरसमेत देख्न सकिने रौता गाउँपालिका–३ का कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए । केबलकार जडान, भ्यूटावर निर्माण कार्यले अब रौता क्षेत्र जिल्लाकै बृहत् पर्यटकस्थलका रुपमा विकासित हुने र योजना सम्पन्न भएपछि रौतामा वार्षिक सातलाखसम्म पर्यटक भित्र्याउन सकिने त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy