Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

आत्मदाहअघि के भयो ? नगरप्रहरीको दाबी– भिडिओ खिच्दा गणेशले मोबाइल खोसे, त्यसपछि बढ्यो विवाद

खबरडबली संवाददाता

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट कुनै ज्यादती नभएको दाबी गरेको छ। महानगरका अनुसार नियमित अनुगमनका क्रममा सुरु भएको सामान्य विवाद अन्ततः दुःखद घटनामा परिणत भएको हो।

महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेका अनुसार निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरेपछि नगरप्रहरीले गणेशलाई मोटरसाइकल हटाउन अनुरोध गरेका थिए। अनुरोध नमानेपछि मोटरसाइकलमा ‘ह्वील लक’ लगाइएको र त्यसक्रममा दुवै पक्षबीच विवाद भएको उनले बताए।

महानगरको दाबीअनुसार विवाद बढ्दै गएपछि एक महिला नगरप्रहरीले घटनाको अभिलेख राख्न मोबाइलबाट भिडिओ खिच्न थालेकी थिइन्। त्यसक्रममा गणेशले मोबाइल खोस्ने प्रयास गर्दा धकेलाधकेल भएको र मोबाइल भुइँमा खसेर फुटेको काफ्लेको भनाइ छ।

उनका अनुसार मोबाइल फुटेपछि गणेश मोटरसाइकल त्यहीँ छाडेर हिँडेका थिए। करिब दुई घण्टापछि उनी पुनः घटनास्थलमा फर्किएका थिए। त्यसबेलासम्म मोटरसाइकलमा ह्वील लक लगाइएको थियो भने ट्राफिक प्रहरीको सवारीसाधन पनि मोटरसाइकल उठाउन आइपुगेको थियो।

महानगरले जनाएको विवरणअनुसार त्यसपछि फेरि महिला नगरप्रहरीसँग विवाद भयो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा पनि गणेश ह्वील लक लागेको मोटरसाइकलमै बसेर नगरप्रहरीसँग बहस गरिरहेको देखिन्छ। उक्त भिडिओ नगरप्रहरीले नै खिचेको बताइएको छ।

महानगरका अनुसार त्यसपछि गणेशले मोटरसाइकलबाट पेट्रोल निकाली शरीरमा खन्याएर लाइटरको सहायताले आगो लगाएका थिए। वरपर रहेका मानिसहरूले तत्काल आगो निभाएर उनलाई वीर अस्पताल पुर्‍याएका थिए।

यद्यपि घटनाको वास्तविक कारणबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरले पनि प्रहरी अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक निर्णय लिने जनाएको छ। हालसम्म काठमाडौं महानगरपालिकाले यस घटनाबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending