Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सिङ्गो दलित परिवारै नागरिकताविहीन

लहान। एक सिङ्गो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर, यथार्थ यही नै हो । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म उनले आफू नेपाली नागरिक भएको कुनै पहिचान पाउन सकेको छैन । यही चिन्ताले ४५ वर्षीय गोनरलाई निरन्तर सताइरहेको छ । घरकै मूली गोनरको नागरिकता प्रमाणपत्र बन्न नसक्दा ४५ वर्षीया श्रीमती अमिरका देवीको पनि बन्न सकेन । दम्पतीकै नागरिकता नभएर जेठो छोरो २८ वर्षीय सचिन्द्र, माइलो छोरो २१ वर्षीय रामकुमार, कान्छो छोरो १५ वर्षीेय सुनिल, बुहारी २५ वर्षीया आशा, छोरी १२ वर्षीया दुर्गा देवी, नातिनी १० वर्षीया सृजना, नाति ८ वर्षीय प्रेम र ५ वर्षीय सुरेन जन्म दर्ता र नागरिकता प्रमाणपत्रबाट वन्चित छन् । नेपाली भएको मुख्य पहिचान नागरिकता प्रमाणपत्र नै नपाएका उक्त परिवारका सबै सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित छन् । स्थानीय साहुमहाजनकोमा खेतीपातीको काम गर्दै आएका गोनरले नागरिकता पाउन थुप्रै सरकारी निकायमा धाए । जता गएपनि आश्वासन बाहेक केही नपाएको गोनरको दुःखेसो छ । जन्मे लगत्तै कानूनी रुपमा राज्यका नागरिकहरुको फेहरिस्तमा नाम जोडिनु पर्छ र यो हरेक नागरिकको नैसर्गिक अधिकार हो । बुवा महेन्द्र सदाकै नागरिकता प्रमाणपत्र बन्न नसकेका कारण अहिले गोनरको पूरै परिवार नै पहिचानविहीन छ । उनी भन्छन् – “बुवाको नागरिकता नहुँदा मेरो जन्म दर्ता बन्न सकेन । अहिले मेरो नागरिकता नहुँदा श्रीमती, छोराछोरी, नातिनातिनीसम्मको पहिचान बन्न नसकेको हो ।” जन्म दर्ता नबन्दा गोनरका छोराछोरीहरु विद्यालय पनि जान पाएका छैनन् भने नाति नातिनीले त्यो अवसर पाउने कुरै भएन । आर्थिक विपन्नताका कारण केही समय भारतको पञ्जाबमा काम गरेर परिवारका केही सदस्यसहित हालै फर्केका गोनर स्वदेशमै मिहिनेत गर्ने चाहना भएपनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउछन् । गाउँमा नागरिकता टोली आएका बखत पनि उनी पञ्जाबमै थिए । गोनर भन्छन् – “त्यति बेला छरछिमेकको नागरिकता बन्यो, हामी छुटिहाल्यौं ।” त्यसयता नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म सिफारिश पाउन धाउँदै गरे तर, पाउनु भएको छैन । “नागरिकताको सिफारिशका लागि जन्म दर्ता खोज्छन् तर, आफ्नो जन्म दर्ता छैन,” अमिरका देवी भन्छन् – “नेपालमै जन्मिए तर, नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुश भइरहेको छ ।” नागरिकता नबन्दै ससुरा महेन्द्रको पाँच वर्षअघि मृत्यु भएपछि आफूहरु झन् समस्या फसेको अमिरका देवीको भनाइ छ । नागरिकता नहुँदा समाज र समुदायबाटै पनि अलग थलग हुनुपरेको पीडा उनीसँग छ । अमिरका देवी भन्छन् – “नागरिकताकै अभावमा गाउँ स्तरमा बन्ने कुनै पनि समूहको सदस्यता पाउन सकिरहेकी छुइनँ ।” यो समस्या सप्तरीको शम्भुनाथ नगरपालिकामा मात्रै होइन, सप्तरी र सिरहाका विभिन्न स्थानीय तहहरुमा विद्यमान रहेको पाइएको छ । सिरहा र सप्तरीमा जन्म दर्ता, विवाह दर्ता र नागरिकताको ठूलै समस्या पाइएपछि व्यक्तिगत घटना दर्ता तथा नागरिक शिक्षा कार्यक्रमसमेत शुरु गरिएको छ । युएसएडको सहयोगमा समग्र विकास सेवा केन्द्रले सिरहा र सप्तरीमा नागरिक शिक्षा तथा व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा सिरहा र सप्तरीका विभिन्न स्थानीय तहमा नागरिकताबाट वञ्चित व्यक्तिहरुको तथ्याँक संकलन सँगसँगै नागरिकता बनाउन समेत पहल गरिने सेवा केन्द्र सप्तरीका संयोजक अरुण कुमार चौधरी बताउछन् । संयोजक चौधरीका अनुसार सिरहाको लहान नगरपालिका, कर्जन्हा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका र कृष्णासबरण गाउँपालिकामा तथ्याँक संकलनको कार्य शुरु गरिएको छ । तथ्याँक संकलनसँगै स्थानीय जनप्रतिनिधि र सरोरकारवाला निकायका प्रतिनिधिहरुसँग स्थानीय तहमा देखिएको नागरिकतासम्बन्धी समस्या र नागरिक शिक्षाका बारेमा छलफल र अन्तक्र्रियासमेत गर्ने गरिएको छ । जन्म दर्ताबाट वन्चित व्यक्तिहरुमध्ये अधिकांशले यस्ता छलफलमा जन्म दर्ता प्रमाणपत्रकै अभावमा पढ्न नपाएको दुःखेसो पोखेका थिए । नागरिकता र जन्म दर्ताको महत्व नबुझेर पूर्वजले समयमै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता प्रमाणपत्र बनाउन वेबास्ता गर्दा अहिलेको सन्ततिले नराम्ररी दुःख पाइरहेको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनी भन्छन् – “एकातिर जनचेतनाको अभावले नागरिकताको समस्या देखिएको छ भने अर्कोतर्फ २०६५ सालमा गाउँगाउँमा खटिएको नागरिकता टोलीले जथाभावी वितरण गरेको जन्मसिद्ध नागरिकताले पनि समस्या बढाएको छ ।” उनका अनुसार टोलीले धमाधम जन्मसिद्ध नागरिकता वितरण गर्दा अहिले जन्मसिद्ध नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाइरहेको स्थिति देखापरेको छ । प्रमाण जुटाउन नसक्दा कतिपयलाई जन्म दर्ता र नागरिकता प्रमाणपत्रका लागि सिफारिश दिन कठिनाइ भइरहेको अनुभव सुनाउने हुने शम्भुनाथ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष हिरण्य कुमार चौधरीले त्यस्ता परिवारको नागरिकता समस्या समाधानका लागि पहल भइरहेको बताउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy