Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँड बारेकोटमा भेटियो

जाजरकोट। विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ । गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गुँड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गुँड सारेको पक्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए । समुद्री सतहदेखि सातसय मिटरको उचाइमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गुँडमा सेतो गिद्धले गतवर्ष नै अण्डा पारेर एक बच्चा कोरल्न सफल भएको थियो सिंहले भने, उक्त सेतो गिद्धले यो वर्ष पनि सोही ठाउँमा गुँड लगाएर अहिले अण्डा कोरली रहेको छ ।” अनुसन्धानकर्ता सिंहले यसवर्ष उक्त लोपोन्मुख सेतो गिद्धको गुँड बारेकोट गाउँपालिका–९ सक्ला र काप्तीको बीचमा रहेको जंगलमा फेला पारेका छन् । उक्त जंगलमा रहेको सेतो गिद्धको गुँड समुद्री सतहबाट एक हजार ५१४ मिटरको उचाइमा रहेको छ । सात सय मिटरको उचाइमा गुँड भएको सेतो गिद्धभन्दा एक हजार ५१४ मिटरको उचाइमा गुँड भएको सेतो गिद्ध निकै सक्रिय भएको अनुसन्धानकर्ता सिंहको भनाइ छ । उक्त जंगलमा गुँड भएको सेतो गिद्धले पहिले नै गुँडको अण्डा कोरल्नुको साथै बच्चा उडाइसकेको उनले जानकारी दिए । सबैभन्दा अग्लो ठाउँमा मलाहा हुँचीलको गुँड पनि पहिलोपटक जाजरकोटको बारेकोटमा फेला परेको छ । समुद्री सहतदेखि एक हजार ४०० मिटरको उचाइमा मलाहा हुँचीलको गुँड फेला परेपछि नेपालमै मलाहा हुँचीलकोे नौलो अभिलेखीकरण भएको छ । बारेकोट गाउँपालिका–९ सक्लामा फेला परेको गुँडमा मलाहा हुँचीलले अण्डा कोरलेर दुईवटा बच्चा उडाइसकेको पक्षी अनुसन्धानकर्ता सिंहले जानकारी दिए । उनका अनुसार हुँचीलविज्ञ राजु आचार्यले बारेकोट गाउँपालिमा फेला परेको मलाहा हुँचीलको गुँड नै सबैभन्दा अग्लो गाउँमा रहेको गुँड भएको प्रमाणित गरिसकेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending