Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बिमस्टेकमा मोदी नेपाल आउने

\"\"काठमाडौं । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ। अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि आउने भएका हुन्। सदस्य राष्ट्रका कार्यकारी सरकार प्रमुखहरूको सहमतिमा सम्मेलनको मिति तय भएकाले सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुने सम्भावना रहेको परराष्ट्र स्रोतले जनायो। स्रोतले भन्यो, ‘दुई देशबाट कार्यकारी सरकार प्रमुख सहभागी हुने जानकारी आइसकेको र अन्य देशबाट जानकारी आउने क्रममा रहेको छ।’ काठमाडौंमा मंगलबार आयोजित नेपाल–भारत प्रबुद्ध समूहको एउटा कार्यक्रममा सहभागी भारतीय प्रबुद्ध व्यक्तिहरूले पनि आगामी महिना भारतीय प्रधानमन्त्री बिमस्टेक सम्मेलनमा नेपाल आउने बताएका थिए। यस पटकको बिमस्टेक सम्मेलनमा नेपालले बिमस्टेक बडापत्र निर्माणमा जोड दिने स्रोतको दाबी छ। सन् १९९७ मा स्थापित बिमस्टेकको त्यसयता २० वर्षमा पनि बडापत्र तयार हुन सकेको छैन। यस पटक सम्मेलनमा बडापत्र निर्माणमा नेपालले जोड दिने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार बडापत्रले संगठनलाई बाँध्ने हुँदा आवश्यकता महसुस गरी सम्मेलनमा नेपालले बडापत्र तयार पार्न जोड गर्न लागेको हो। तीव्र गतिमा अघि बढ्न नसकेको बिमस्टेक सार्क सम्मेलन स्थगन भएसँगै सक्रिय हुन थालेको कूटनीतिज्ञहरू बताउँछन्। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि भारतीय प्रधानमन्त्री मोदी पनि आउने भएका हुन्। सरकारले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र सचिवलगायत विभिन्न मन्त्रालयको संयोजकत्वमा १० वटा समिति र उप–समिति बनाएर सम्मेलनको तयारी गरिरहेको छ। सरकारले बिमस्टेकको प्राथमिकतामा रहेका १४ विभिन्न क्षेत्रसँग सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा सम्मेलनमा प्रस्तुत गर्ने प्रमुख एजेन्डा तयार पारिरहेको परराष्ट्रका एक जना वरिष्ठ अधिकारीले जानकारी दिए। बिमस्टेकले प्राथमिकतामा राखेका १४ क्षेत्रअन्तर्गत गरिबी निवारणसम्बन्धी कार्यक्रमको नेतृत्व नेपालले गर्दै आएको छ। यस्तै सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सम्बन्धमा अध्ययन गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले बिमस्टेक सम्मेलनअघि नै भारतीय प्रधानमन्त्री मोदीलाई प्रतिवेदन बुझाउने प्रयास गरेको छ। समूहका नेपालतर्फका सदस्य नीलाम्बर आचार्यले बिमस्टेक सम्मेलनअघि नै समूहको अध्ययन प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने तयारी भएको जानकारी दिए। उनले भने, ‘अध्ययन प्रतिवेदन दुवैतर्फका सदस्यहरूले भारतीय प्रधानमन्त्रीको सरकारी कार्यालयमा बुझाउने तयारी भएको छ।’ उनका अनुसार समूहको सचिवालयको समयसीमा साउन मसान्तसम्म रहेकाले त्यसअघि नै प्रतिवेदन बुझाउने प्रयासमा समूह छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy