Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

घरेलु हिंसाका अधिकांश उजूरीमा मिलापत्र

राजविराज। आर्थिक वर्ष २०७४/०७५ मा दर्ता भएका अधिकांश घरेलु हिंसाका उजूरी मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका उजूरी मिलापत्र भएको पाइएको छ । आव २०७४/०७५ मा दर्ता भएका २४५ वटा घरेलु हिंसाका उजूरीमध्ये १६९ वटा उजूरीमा दुवै पक्षबीच आपसी सहमति भएको सेवा केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले बताए । घरेलु हिंसाको उजूरीमा गरिने छलफलमा दुवै पक्ष औषधोपचार खर्च र क्षमायाचना पछि मिल्न राजी हुने हुँदा अधिकांश उजूरीमा सहमति हुने गरेको प्रहरी निरीक्षक तुम्बाहाम्फेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार निवेदकले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएपछि गाउँ, घरपरिवारमा मिल्न दबाब सिर्जना भई सहमतिको सम्भावना बढने गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्ममा २४५ उजूरीमध्ये खान लगाउन नदिई कुटपिट गरी घर निकाला गरेको ३४, खान लगाउन नदिएको ३१, मादकपदार्थ सेवन गरी कुटपिट गरेको १४, विवाह दर्ता र नागरिकता प्रमाणपत्र बनाएको १२, दाइजो नल्याएको भनी यातना दिएको सात, बहुविवाहको धम्की दिइएको २४, दोस्रो पत्नी ल्याई हेला गरेको तीन उजूरी परेको थियो । सेवा केन्द्रका आर्थिक शारीरिक र मानसिक यातना दिएको अन्य १२० उजूरीसमेत दर्ता भएका थिए । मिल्ने अवस्थासम्म प्रहरीमा मिलापत्र गराउने भएका कारण मुद्दाका पीडित र आरोपित पक्षलाई राखी उनीहरुको समस्याबारेमा छलफल गरीे महिला तथा बालबालिका सेवा केन्द्रले सहजीकरण गर्ने गरेको केन्द्रका प्रहरी रामबहादुर मगरले बताए । मादकपदार्थ सेवन वैदेशिक रोजगार, दाइजो, छोरी जन्मिनु र पति पत्नी र घरपरिवारका सदस्यबीचको मनमुटावका कारण घरेलु हिंसा भई प्रहरीमा उजूरी पर्ने गरेको सेवा केन्द्रले जनाएको छ । केन्द्रमा परेका उजूरीमध्ये धेरैजसो घटना घरायसी झैँंझगडाका कारण घरमा खान नदिने विवाह दर्ता, नागरिकता नबनाई हेला गर्ने, कुटपिट गर्ने गरेको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकले देखाइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy