Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

होला त ‘ट्रयाक चेन्ज ?’

काठमाडौँ । प्रधानन्यायाधीशमा नियुक्तिको अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा सवाल जवाफ हुँदै थियो कल्याण श्रेष्ठसँग । सांसदका हरेक प्रश्नको उनले विधि पुर्‍याएर उत्तर दिए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - अनि अन्त्यमा भने, ‘मेरा जवाफ चित्त नबुझे वा म अनुपयुक्त छु भन्ने लागे माननीयज्यूहरू मलाई नछान्न स्वतन्त्र हुनुहुन्छ । त्यसमा मलाई आपत्ति छैन ।’ यसो भनेर उनी भर्‍याङ ओर्लन पनि पाएका थिएनन्, सुनुवाइ समितिले एक मतमा श्रेष्ठलाई अनुमोदन गर्‍यो । उनीपछि प्रधानन्यायाधीशका लागि त्यसैगरी सुनुवाइमा आएकी सुशीला कार्कीले त झन् खुलेरै सांसदहरूलाई भनेकी थिइन्, ‘सक्नुहुन्छ भने मलाई रिजेक्ट गर्नुस् ।’ समितिले उनलाई पनि तुरुन्तै अनुमोदन गर्‍यो । नेपालको अन्तरिम संविधान २०६३ लागू भएपछि सुरु संसदीय सुनुवाइमा राम्रा/नराम्रा दुवै छवि भएका न्यायाधीशहरू नि:संकोच अनुमोदन हुँदै आएका थिए । नयाँ संविधानअनुसार संसदीय सुनुवाइको सामना गरिरहेका दीपकराज जोशीको हकमा भने स्थिति ठीक उल्टो भयो । सुनुवाइ समिति जोशीलाई स्विकार्न मानिरहेको छैन भने उनी सकेसम्म प्रधानन्यायाधीश भइछाड्न चाहिरहेका छन् । जानकारहरू यो अवस्थालाई न्यायालयमा हुन लागेको ‘ट्रयाक चेन्ज’ को संकेत ठान्छन् । ‘हामीले संसदीय सुनुवाइलाई एक गर्नैपर्ने कर्मकाण्डका रूपमा ठानेकाले रीत पुर्‍याउन त हो नि भनेर लिँदै आएका थियौं,’ एक पूर्वप्रधानन्यायाधीश भन्छन्, ‘तर अब न्यायाधीशका हरेक गतिविधि पब्लिक राडारभित्र आइसके भन्ने बुझ्नुपर्छ । उसले गरेका राम्रा र नराम्रा काम अन्तत: परिणामका लागि भागीदार हुन्छन् भन्ने सन्देश यसले दिनेछ ।’ सर्वाेच्चका एक उच्च अधिकारीको विश्लेषणमा पनि जोशी प्रकरणले आफ्नो आचरण र कर्म दुवैलाई सुधार नगरे माथि पुग्न सकिँदैन भन्ने तरंग न्यायालयमा फैलिन सुरु गरेको छ । ‘सामाजिक सञ्जाल र आम सञ्चार अहिले यति सशक्त भएका छन् कि पारदर्शिता सरकारको तजबिजी हो भन्ने मान्यता नै भत्किसकेको छ,’ उनी भन्छन्, ‘यसले के देखाउँछ भनेन्यायाधीशहरूको योग्यता र क्षमताको परख केवल न्यायपरिषद्ले वा सम्बन्धित निकायले गरेर मात्रै हुँदैन, त्यो उनीहरूका हरेक फैसला र आचरणले पुष्टि पनि गरेको हुनुपर्छ ।’ नयाँ संविधानअनुसार १५ सदस्यीय चुस्त सुनुवाइ समितिमा आएको परिवर्तनले पनि सर्वाेच्चका न्यायाधीशलगायत संवैधानिक निकायका पदाधिकारीका लागि अनुमोदित हुनुपर्ने उम्मेदवारहरूको योग्यतामाथि प्रश्नहरू गम्भीर रूपमा उठ्न सम्भव भएको ती अधिकारीको बुझाइ छ । ‘पहिले एकै जनाले मात्रै हुन्छ भन्यो भने पनि अनुमोदन हुन्थ्यो, धेरै सदस्यहरू हुने भएकाले सबैलाई कुनै उम्मेदवारको खराबीका बारेमा जानकारी गराइरहने समय पनि कम थियो,’ उनी भन्छन्, ‘अहिले त्यो अवस्था छैन, दुई तिहाइले हुन्न भन्यो भने संवैधानिक परिषदको सिफारिस रद्द हुन सक्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy