Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सुन अभावमा मनकामना पुनर्निर्माण रोकियो

गोरखा । छनामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्घार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - ‘छानामा मात्र साढे १६ किलो सुन लाग्ने अनुमान थियो,’ उनले भने, ‘१५ किलो खरिद गरेका थियौँ । त्यो पनि सकियो ।’ उनका अनुसार पुरातत्त्व विभागबाट निकासा भएको चार करोड रुपैयाँले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो । सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए । ‘काम गर्ने मान्छेले पनि रेस्ट भने । सुन पनि पुगेन,’ उनले भने, ‘अब सुन ल्याएर एक साताभित्रै काम सुरु गरिहाल्छौं । मन्दिरको मात्र काम गर्न अब १५/२० दिन लाग्ला ।’ सबै संरचना तयार भइसकेकाले अब १० जनामात्रै कामदार खटिएका छन् । मन्दिर पहिल्यै ६ इञ्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि जगैदेखि पुनर्निर्माण थालिएको हो । मूलढोका, कंकालको मूर्ति, तोरण, भित्रपट्टिको सिलिङ र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने तयारी छ । ‘अपुग भएको सुन इस्टिमेटभन्दा बाहिरको हो,’ श्रेष्ठले भने । तल्लो छानामा जलप लगाउने काम लगभग सकिएको उनले बताए । प्रक्रियाअनुसार पुरातत्त्व विभागसँग स्वीकृति लिएर राष्ट्र बैंकबाट सुन खरिद गर्नुपर्छ । ‘असार मसान्तको क्लोजिङले गर्दा पनि सुन ल्याउन सकेनौं,’ श्रेष्ठले भने, ‘अब आइतबार–सोमबारतिर काठमाडौं गएर सुन ल्याउँछौं ।’ बाँकी सुन किन्न डेढ करोड रुपैयाँ लाग्ने अनुमान छ । आन्तरिक स्रोतबाटै लगानी गर्ने समितिले जनाएको छ । छानामा तामाको पाता बिछ्याएर सुनको जलप लगाइएको हो । ‘गजुर मर्मतमा पाँच लाखको अनुमान गरिएकोमा २३ लाख लाग्यो,’ श्रेष्ठले भने, ‘गजुरमा प्वाल परेको रहेछ, त्यसैले सोचेभन्दा बढी लाग्यो ।’ सबै खर्च विवरण सबै पुरातत्त्व विभागलाई बुझाइने उनको भनाइ छ । आँगनमा ढुंगा छाप्ने र पश्चिम पटि टेवा पर्खाल उठाउनेलगायतका काम पनि बाँकी छ । मन्दिर जीर्णोद्घारका लागि भक्तजनबाटै हालसम्म आठ करोड रुपैयाँ संकलन भएको छ भने काम सुरु भएयता करिब १० करोड खर्च भइसकेको छ । २०६८ सालमा पुनर्निर्माणका लागि लागत इस्टिमेट गर्दा करिब आठ करोड खर्च लाग्ने अनुमान गरिएको थियो । सामान र कामदारको ज्यालादर महँगिँदा लागत बढेको समितिले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy