Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

डोल्पा । केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताए । “अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुश्किलले जम्मा १०/१२ वटासम्म उडान हुन्छ” उनले भने । “हवाई उडान अनियमित हुनुमा बिग्रदो मौसम नै हो” उनले भने । मौसमकै कारणले नेपालगञ्ज विमानस्थलदेखि उडान भइसकेका जहाजसमेत विमानस्थलमा अवतरण गर्न नसकेर फर्कने गरेको उहाँले बताए । आज मात्र जुम्ला, हुम्ला, मुगु, बाजुरालगायतका विमानस्थलमा केही उडान भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । दैनिक ५० प्रतिशतसम्म उडान रद्द हुने गरेपछि पश्चिमका सिमिकोट, जुफाल, जुम्ला, ताल्चालगायतका विमानस्थलमा यात्रु अलपत्र परेका छन् । विमानस्थलमा दैनिक यात्रु थपिने तर उडान भने नहुने भएपछि यात्रुको चाप बढ्दै गएको छ । राष्ट्रिय सडक सञ्जालको पहुँच पुग्न नसकेका डोल्पा र हुम्लाका विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढेको छ । जोखिमपूर्ण पैदलयात्राका कारण सर्वसाधारण जहाजबाटै गन्तव्यसम्म पुग्न खोज्ने गरेकाले डोल्पा र हुम्ला विमानस्थलमा यात्रुको चाप अन्य विमानस्थलको तुलनामा धेरै हुने गरेको हो । कर्णालीका विमानस्थलमा हवाई उडान अनियमित हुने गरेपछि हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलदेखि जुम्ला, डोल्पा, हुम्ला, बझाङ, मुग र बाजुराका विमानस्थलमा उडान हुने गर्दछ । यस विमानस्थलबाट तारा, समिट, सीता, नेपाल एयरलाइन्सलगायतका निजी तथा सरकारी विमान कम्पनीले उडान भर्दै आएका छन् । अवतरण नगरेरै फर्किन्छन् जहाज केही दिनयता प्रतिकूल मौसमका कारण नेपालगञ्जबाट उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन् । आजभोलि जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाग्लो हुस्सुले हवाई रुट बन्द भएपछि पहाडी जिल्लाका विमानस्थल पुगेका जहाज पनि अवतरण नगरेरै बीचबाटै फर्किने गरेको विमान कम्पनीहरुले जनाएका छन् । साथै क्षणभरमै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेको छ । शुक्रबार बिहान मात्रै नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका विभिन्न विमानस्थलका लागि उडेका तारा एयरको जहाज अवतरण गर्न नसकेरै फर्केका थिए । जुफाल विमानस्थल पाँच दिनदेखि बन्द डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द भएको छ । खराब मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँच दिनदेखि एउटा पनि उडान हुन सकेको छैन । मौसम बिग्रदै गएका कारण आजभोलि आठ/दश दिनमा तीन–चारवटा उडान मात्रै हुने गरेको जुफालमा उडान भर्दै आएका विमान कम्पनीले जानकारी दिएका छन् । जुफाल विमानस्थलमा जहाज आउन छाडेपछि कतिपय सर्वसाधारण जोखिमपूर्ण पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । जहाज आउन छाडेपछि जुफालमा कतिपय बिरामी, वृद्धवृद्धा अलपत्र परेका छन् । “दैनिक बिहान विमानस्थल आउछौँ तर जहाज आउँदैन्, निराश भएर घर फर्किनु परेको छ’’ त्रिपुरासुन्दरी नगरपालिका–१ की भावना कठायतले गुनासो गरे। पाँच दिनदेखि जहाज नआएकाले जुफाल विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढ्दै गएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिए । जुफाल विमानस्थलमा जहाजको पर्खाइमा बसेका सबै यात्रुलाई उडाउन एकैचोटी चार/पाँचवटा उडान आवश्यक पर्ने भण्डारीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy