Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्तित भएका छन् ।

किसानले खेती लगाउने बेलामा उन्नत बीउबिजन, मल खाद्य सिँचाइ र कृषि श्रमिकको अभाव वर्षैपिच्छे बेहोर्दै आएका छन् । बल्लतल्ल खेती लगायो हावाहुरी, बाढीपहिरो, अतिवृष्टि–अनावृष्टिबाट अन्नपात जोगाउनै गाह्रो छ । जब अन्न भित्र्याउने समय आउँछ तब बाँदरको आतङ्क हुन्छ । त्यसैले एकथरी किसान कृषि पेसा नै छोड्ने मनस्थितिमा छन् भने अर्काथरी गाउँ छोड्न बाध्य छन् ।

बढ्दो बाँदर आतङ्कले भोजपुरको मानेभन्ज्याङ र रामप्रसाद गाउँपालिका–५ का कृषक गाउँ छोडेर बसाइँ सरेका छन् भने केहीले खेती नै गर्न छोडेकाले खेतबारी बाझो भएको बताएका छन् । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, बाग्लुङ र पर्वत जिल्लामा बाँदर आतङ्कले केही गाँउका किसानको पूरै बाली नष्ट पारिदिएको त्यहाँका किसानले गुनासो गरेका छन् ।

त्यसैगरी पछिल्लो समय ललितपुर, दोलखा, गोरखा, रामेछाप, मकवानपुर, पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, इलाम, धनकुटा भोजपुर, गुल्मी, र अर्घाखाचीमा बाँदर आतङ्क बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बाँदर आतङ्ककै कारण कति क्षेत्रफल जमिन बाँझो छ भन्ने यकिन तथ्याङ्क छैन । तर राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार लामो समयदेखि कृषियोग्य जमिन घटिरहेको छ । २०६८ सालको कृषि गणनामा २५ लाख २५ हजार ६३९ हेक्टर र त्यसको १० वर्षपछि अर्थात् २०७८ को कृषि गणनामा आइपुग्दा झण्डै तीन लाख हेक्टर जमिन घटन गई २२ लाख १८ हजार ४१० हेक्टर जमिन खेतीयोग्यमा खुम्चिएको उल्लेख छ ।

अन्नबाली नै जोगाउन सकिएन भने खाद्य सम्प्रभुता संविधानमा मात्र सीमित हुन बेर लाग्दैन । नेपालको संविधान भाग (३) को धारा ३६ को उपधारा (२) ले प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने तथा उपधारा (३) ले प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भनी उल्लेख गरेको छ ।

मकै, कोदो, धान, गहुँलगायत विभिन्न बाली तथा फलपूmलहरू लगाएर जीवन गुजारा गर्ने किसानको श्रमलाई सम्मान गर्न सकिएन भने कृषिको स्वनिर्भरतामा धक्का पुग्ने देखिन्छ । भन्सार विभागको आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तको तथ्याङ्कअनुसार नेपालले झण्डै मासिक रु दुई अर्बभन्दा माथिको खाद्यान्न आयात गर्दै आएको छ ।

बिहानदेखि बेलुकासम्म खेतबारीमा काम गरेर लगाएको बाली क्षण भरमा बाँदरले नष्ट गरिदिएपछि किसानलाई रिस उठ्नु स्वाभाविकै हो । तर, कानुनले बाँदर मार्न रोक लगाएको छ । नेपालको वन्यजन्तु संरक्षण ऐन २०७१ ले बाँदरलाई मार्ने वा हानी नोक्सानी गर्नेलाई रु २५ हजारदेखि रु ५० हजारसम्म जरिवाना र ६ महिनादेखि तीन वर्षसम्म कैद हुन सक्ने उल्लेख छ ।

बाँदरको सङ्ख्या बढ्नुको मुख्य कारण वन विनाश हो । वनमा कन्दमूल तथा फलफूल प्रायः पाइँदैन । जङ्गलमा पाइने पानीको स्रोतमा नागरिकको सीधा पहुँच स्थापित भएको छ । वन्यजन्तु वैज्ञानिक प्राडा मुकेशकुमार चालिसे प्रकृतिमा रमाइरहेका बाँदरलाई विभिन्न स्वादिला खानेकुरा दिएका कारण लखेट्दा वन जान नमान्ने बताउँछन् । बाँदरलाई घनाजङ्गल जहाँ कन्दमूल सजिलै पाइन्छ, त्यहाँ स्थान्तरण र मानव बस्तीलाई वनबाट टाढा राख्नुपर्ने उनको सुझाव छ ।

भिँगाली सामुदायिक वन उपभोक्त समिति भक्तपुरका प्रतिनिधि रामकुमार कार्की समितिले बाँदर संरक्षणका लागि वनमा याम अनुसारका फलफूलका बिरुवा लगाउने योजना बनाउनुपर्ने बताउँछन् । छिमेकी मुलुक भारतको हिमाञ्चल, उत्तराखण्ड र दिल्लीमा बाँदरको सङ्ख्या घटाउन बाँदरलाई बाँझो (बन्ध्याकरण) गर्ने योजनालाई प्रमुख रुपमा अघि सारेको पाइन्छ । नेपालमा सरकारले बाँदरको सङ्ख्या घटाउने कुनै वैज्ञानिक उपाय अवलम्बन गरेको पाइँदैन ।

२०८१ माघ २३ गते प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विज्ञहरूले बाँदरको बन्ध्याकरणका लागि आवश्यक कानुन बनाइदिन सुझाव दिएका थिए । नेपालमा बाँदरको आधिकारिक गणना भएको छैन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending