Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

लोकसेवा आयोग बल्ल संघीय ढाँचामा

काठमाडाैं । सरकारले लोकसेवा आयोगको संरचना संघीय ढा“चाअनुसार रूपान्तरण गर्दै सातै प्रदेशमा आयोगका प्रदेशस्तरीय कार्यालय खोल्ने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले संघीय लोकसेवाको संगठन संरचना र नया“ दरबन्दी स्वीकृत गर्दै सातै प्रदेशमा कार्यालय खोल्ने निर्णय गरेको हो। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - लोकसेवा आयोगका प्रशासन महाशाखा प्रमुख सहसचिव जानकीराम बरालले आयोगको संघीय रूपान्तरण भएको र अब त्यसैअनुसार कार्यसञ्चालन हुने जानकारी दिए। संविधान जारी भएको झण्डै तीन वर्षपछि लोकसेवालाई संघीय ढाँचाअनुसार अघि बढाउने निर्णय भएको हो। ‘सरकारले संघीय लोकसेवा आयोगको नया“ ढाँचा स्वीकृत गरेकाले त्यसैअनुसार आयोगले कर्मचारी छनोटलगायत काम अघि बढाउँछ’, आयोगका सहसचिव बरालले भने। संविधानमा प्रदेश कानुनअनुसार प्रदेशमा छुट्टै लोकसेवा आयोग गठन गर्ने व्यवस्था भए पनि गठन नहुन्जेल प्रदेशमा आवश्यक कर्मचारी पनि संघीय लोकसेवाले नै पूर्ति गर्ने सहसचिव बरालले जानकारी दिए। सरकारले लोकसेवाको केन्द्रीय, प्रादेशिक र अन्य गरी १६ वटा कार्यालय राख्न गरेको निर्णयअनुसार प्रदेश १ को धनकुटामा, प्रदेश २ को जलेश्वरमा, प्रदेश ३ को काठमाडांैमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र प्रदेश ७ को दिपायलमा प्रदेशस्तरीय कार्यालय रहने आयोगका सहसचिव बरालले जानकारी दिए। प्रदेशमा रहने लोकसेवा आयोगले संघअन्तर्गत प्रदेश र स्थानीय तहमा रहने कार्यालयका कर्मचारीको भर्ना गर्नेछ। सातै प्रदेशमा स्थापना हुने प्रदेशस्तरीय लोकसेवाको नेतृत्व सहसचिवले गर्नेछन्। लोकसेवा आयोगको केन्द्रीय, प्रादेशिक र अन्य गरी १६ वटा कार्यालय राखिने। प्रदेश १ को धनकुटामा, प्रदेश २ को जलेश्वरमा, प्रदेश ३ को काठमाडांैमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र प्रदेश ७ को दिपायलमा प्रदेशस्तरीय कार्यालय रहने। संघीय लोकसेवाअन्तर्गत रहेका साबिकका अञ्चलस्तरीय कार्यालय यथावत् राखिने निर्णय गरिएको छ। साबिकका अञ्चलस्तरीय लोकसेवाका दुई कार्यालय गाभेर इलाम, खोटाङ, हेटौंडा, बागलुङ, दाङ, जुम्ला र महेन्द्रनगरमा रहनेछन्। लोकसेवा आयोगका अनुसार प्रदेशस्तरीय कार्यालयले नायब सुब्बासम्मको परीक्षा लिने र सिफारिस गर्नेछ भने अधिकृतको परीक्षा सञ्चालन मात्र गर्न सक्नेछ। साबिकका अञ्चलस्तरीय कार्यालयले भने खरिदार तहसम्मको मात्रै भर्ना लिन सक्ने व्यवस्था गरिएको छ। सहसचिव र उपसचिवको परीक्षा लिने र सिफारिस गर्ने काम भने संघीय लोकसेवाले मात्र गर्न सक्ने व्यवस्था गरिएको सहसचिव बरालले जानकारी दिए। संविधानअनुसार प्रदेश आफैंले लोकसेवा आयोग गठन गरेपछि संघीय लोकसेवाअन्तर्गतको लोकसेवाले प्रदेश लोकसेवासँग समन्वय गर्नेछ। प्रदेशमा गठन हुने लोकसेवाको मापदण्डसम्बन्धी कानुन संघीय सरकारले बनाउने भएकाले प्रदेश लोकसेवा गठन हुन केही ढिलाइ हुने संघीय लोकसेवा आयोगले जनाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending