Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

गाउँपालिकाको पहलमा दुइ सय बालविवाह रोक

दैलेख । आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २३२ बालविवाहका घटना रोकिएका छन् । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालय, विभिन्न अधिकारवादी सङ्संस्थाको पहलमा बालविवाहका घटना रोकिएका हुन् । प्रहरीको जानकारीमा र अधिकारवादी सङ्घसंस्थासम्म आएका घटनामध्ये धेरै बालविवाहका घटना आपसी समझदारीकै आधारमा उमेर नपुग्ने बेलासम्म आआफ्नो घरमै बस्ने भन्ने सहमतिमा छाडिन्छ । छाडिएकामध्ये कतिपय जोडीले भागेर पुनः विवाह गरेको घटना पनि समाजमा धेरै हुन थालेपछि जिल्लालाई बालविवाहमुक्त घोषणा गर्नका लागि स्थानीय तहले नीतिमै उल्लेख गरेर कार्ययोजना निर्माण र जनचेतनामूलक गतिविधि बढाउन थालेका छन् । गत वर्ष नै जिल्लालाई बालविवाहमुक्त बनाउने भनी स्थानीय तह र जिम्मेवार निकायले सदरमुकाम दैलेख बजारमा भएको बृहत् कार्यक्रममा प्रतिबद्धता गरेसँगै अभियानले तीव्रता पाएको छ । पुरातन सोच र संस्कारका कारण अहिले पनि बालविवाहका घटना धेरै हुने गरेका छन् । विभिन्न विद्यालयमा निर्माण गरिएका बाल सञ्जालमा आबद्ध विद्यार्थीले उमेर नपुग्दै बिवाह भएको थाहा पाए भने बालहेल्प लाइनको नं १०९८ मा फोन गरेर खबर गर्छन् । सोही आधारमा जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरीलाई खटाउने गरेकाले कतिपय बालविवाह रोकिएका छन् । जिल्लामा लामो समयदेखि अधिकार र पैरवीका क्षेत्रमा काम गर्दै आएको स्थानीय संस्था सामाजिक सेवा केन्द्रको ११ औंँ लैङ्गिक तथा सामाजिक परीक्षणमा उपस्थित सहभागीले स्थानीय तह निर्माणसँगै अभियानको प्रभावकारिता बढ्नुपर्नेमा भनेजत्तिको उपलब्धि हुन नसकेको भन्दै स्थानीय तहले गाउँ र नगरसभाबाटै स्पष्ट नीति निर्माण गरेर प्रचारप्रसार र कानुनी उपचारलाई कडाइ्का साथ लागु गर्नुपर्ने सुझाव दिएका छन् । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले जिल्लाका गैरसरकारी निकायले स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढेमा महिला तथा बालबालिकाका क्षेत्रमा जस्तासुकै समस्याको समाधान गर्न नीति नै निर्माण गरेर जान सकिने बताए । भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले सामाजिक कुसंस्कार हटाउन गैरसरकारी संस्थाको पहल महत्वपूर्ण रहेको बताए । सोसेक नेपालका अध्यक्ष मञ्जुकुमारी खड्काले संस्थाले जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वय गरी बालविवाह, छाउपडी, जातीय विभेद, महिला र बाल हिंसाजस्ता सामाजिक कुरीति न्यूनीकरण गर्न पहल गर्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy