काठमाडौं । सांसद हर्क साम्पाङले आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको मृत्युले राज्य व्यवस्था र युवाको पीडालाई उजागर गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै साम्पाङले गणेशलाई दोष दिने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले गणेशको मृत्युलाई सामान्य घटना नभई समाज र राज्यका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्।
साम्पाङले देशमा बोल्नसमेत कठिन अवस्था सिर्जना भएको टिप्पणी गर्दै पीडितलाई दोष लगाउने संस्कृतिको आलोचना गरेका छन्। उनले गणेशलाई कमजोर भन्नेहरूलाई लक्षित गर्दै वास्तविक समस्या राज्य व्यवस्था र बेरोजगारी भएको उल्लेख गरेका छन्।
उनले वर्तमान शासनप्रति कटाक्ष गर्दै पात्र फेरिए पनि शासन गर्ने प्रवृत्ति परिवर्तन हुन नसकेको जिकिर गरेका छन्। युवाले खोजेको सुशासन, रोजगारी र सम्मानजनक जीवन अझै सुनिश्चित हुन नसकेको उनको भनाइ छ।
साम्पाङले गणेशलाई आफ्नो लागि केवल समाचार नभई 'विद्रोह, इतिहास र अमर सन्देश' को प्रतीक भएको उल्लेख गरेका छन्। उनले गणेशको परिवारले भोगेको पीडा कहिल्यै मेटिन नसक्ने भन्दै गहिरो समवेदना व्यक्त गरेका छन्।
साथै उनले गणेशजस्ता लाखौँ नेपाली युवाले आफ्नै देशमा रोजगारी पाउनुपर्ने मागलाई निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
"कोही तिम्रो न्यायको पक्षमा उभियोस् वा नउभियोस्, म सधैं तिम्रो पक्षमा आवाज उठाउनेछु। तिमी जस्ता लाखौँ युवालाई यही देशमा रोजगारी दिनुपर्छ भन्ने माग लिएर सडक, सञ्जाल र सदनमा बोलिरहनेछु," साम्पाङले लेखेका छन्।
गणेश नेपालीको आत्मदाहपछि विभिन्न राजनीतिक दलका नेता, सांसद तथा नागरिक समाजका प्रतिनिधिहरूले राज्यको सेवा प्रवाह, युवाको निराशा र सरकारी संयन्त्रको संवेदनशीलतामाथि प्रश्न उठाइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: