Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण, नौ जना प्रहरीको मृत्यु

अफगानिस्तान। पूर्वी अफगानिस्तानमा तालिबानसँग भएको सङ्घर्षका क्रममा अमेरिकी हवाई बम हमलामा कम्तीमा नौ जना प्रहरी मारिएका छन् । अफगानिस्तानमा तैनाथ नेटो कमान्डले उक्त घटनाको छानबिन सुरु गरेको जनाएको छ । अफगानी अधिकारीहरुले उक्त घटनाको पुष्टी गरेका छन् । अफगान गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले लोगार प्रान्तको आज्रा जिल्लामा अमेरिकी सेनाले गरेको हवाई हमलामा नौ जना प्रहरी मारिएको र १४ जना घाइते भएको जानकारी दिए । तालिबानी लडाकूसँग गएराति भएको भिषण युद्धका क्रममा प्रहरीले “हवाई सहायता माग गरेको तर दुर्भाग्यवस अमेरिकी सेनाले भूलवस अफगान सुरक्षाकर्मीमाथि बम हमला गरेको छ”, राहिमीले भने । उहाँले तालिबानले पनि ठूलो नोक्सानी व्यहोरेको बताए । तर प्रान्तीय परिषद्का प्रमुख हमिदुल्लाह हमिदले करिब १५ जना प्रहरी मारिएको जानकारी दिँदै भने, “विदेशी सेनाले गरेको हवाई बम हमलामा प्रहरीका दुईवटा चेकपोष्ट ध्वस्त भएका छन् ।” नेटोका लेफ्टीनेन्ट कर्णेल मार्टीन ओ–डोन्नेलले भनेयो, “हामी यस विषयमा गम्भीरताका साथ अनुसन्धान गरिरहेका छौं ।” अफगानिस्तानमा हवाई बम हमला प्रायःजसो अमेरिकी सैनिकबाट हुने गरेको छ । अफगान हवाई सैनिकले पनि छिटपुट यस्तो हमला गर्ने गर्दछ । अफगानिस्तानमा करिब १४,००० अमेरिकी सैनिक तैनाथ छन् । नेटो अन्तर्गतको यो सैनिक समूहले अफगानी सेना र प्रहरीलाई सहयोग गर्नुका साथै तालिम प्रदान गर्दछ । केही अमेरिकी सैनिकहरु प्रतिआतङ्ककारी अपरेशनमा आबद्ध छन् । रासस/ एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy