रूपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ ।
वडाबासी वर्ष ४० का थिरलाल पाण्डेलाई गत शुक्रबार विहान १० बजे तिलोत्तमा वडा नं.५ निवासी चिनजानका व्यक्ति वर्ष ५२ का मुकुन्द तिवारीले अत्यावश्यक काम भएको भनी वडाकार्यालयमा बोलाएर तीन जनाले आक्रमण गरेका हुन् ।
आक्रमणपछि गम्भीर घाइते भएका पाण्डे बुटवल ११ स्थित चौराहा अस्पतालमा आइसियू कक्षमा उपचाररत रहेको परिवारले जनाएका छन् ।
तिवारीसहित वडा नं. ७ का ४९ वर्षीय बासुदेव भट्टराई र वडा नं. ३ निवासी वर्ष ३२ का अर्जुन भट्टराईले पाण्डेमाथि साङ्घातिक आक्रमण गरेको वडा नं। ३ का वडाअध्यक्ष कल्याणप्रसाद पौडेलले पुष्टि गरे।
उनले भने, ‘वडा कार्यालयमा उनहरू लेनदेनबारे छलफल गरिरहेको थिए, केही कामले म केहीबेर बाहिर निस्केको थिएँ, केहीबेरपछि थिरलाल पाण्डेमाथि कुटपिट भएको थाहा पाएपछि हामीले आक्रमणकारीलाई प्रहरीको जिम्मा लगाएका हौँ ।’
शुक्रबारै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको भएपनि भोलिपल्ट शनिबार परेको भन्दै आफ्न्तको जिम्मामा छोडेको पीडित पाण्डेका भाई सुन्दर पाण्डेले बताए।
उनका अनुसार आइतबार किटानी जाहेरी दिन जाँदा इलाका प्रहरी कार्यालय बुटवलले जाहेर लिन आनाकानी गरेको सुन्दरले उल्लेख गरे।
सोमबार पनि प्रहरीले किटानी जाहेरी लिन आलटाल गरिरहेको गुनासो उनले गरे। आक्रमणकारीले प्रहरीमा पहुँच लगाएर छुट्ने प्रयास गरिरहेको उनको दाबी छ ।
पीडितका भाइ सुन्दरले आफ्ना दाजु थिरलालको नाक, मुख तथा टाउँकोमा गम्भीर चोट लागेको र स्वाथ्य अवस्था नाजुक रहेको उल्लेख गरे ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमनबहादुर जिसीले घटनाबारे थप जानकारी लिने काम भइरहेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १२:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारी निकायको लापरबाही र कमजोर सेवा प्रवाहलाई नियन्त्रण गर्न रा...
आषाढ़ १४ गते, २०८३ - ११:४६
काठमाडौँ। उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान...
आषाढ़ १४ गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो । नेपाल सुन...
आषाढ़ १४ गते, २०८३ - ११:१५
काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह जे अ...
आषाढ़ १४ गते, २०८३ - ११:०२
बाजुरा। रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रा...
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...



प्रतिकृया लेख्नुहोस्: