Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नेपाल–भारत सीमा सर्भे : नदीनालाले सीमा छुट्याएको ठाउँमा विवाद

काठमाडौं । नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा सर्वेक्षणमा नदीनालाले एक तिहाइभन्दा बढी सीमा क्षेत्रमा समस्या उत्पन्न भएको छ । नदीले छुट्याएको ठाउँमा सीमा कायम गर्न समस्या भएको नापी विभागको सीमा शाखाका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । अाजकाे अन्नपुर्ण पाेष्ट याे खबर छ- नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर लम्बाइमध्ये करिब ६ सय ४० किलोमिटर सीमा नदीनालाले छुट्याएका छन् । ठूला तीन र साना ५४ गरी ५७ नदीनालाले नेपाल–भारत सीमा छुट्याउँछन् । महाकालीले छुट्याएको २ सय किलोमिटर, नारायणीले छुट्याएको २० किलोमिटर, मेचीले छुट्याएको ८० किलोमिटर र बाँकी ५४ नदीनालाले छुट्याएको ३ सय ४० किलोमिटर क्षेत्रमा सीमा निर्धारण गर्न समस्या भएको छ । ‘नदीनालीले छुटएको ठाउँमा समस्या धेरै छन् । जमिन सीमाक्षेत्रमा पनि समस्या नभएको होइन तर कतिपय ठाउँमा दसगजामा पनि अतिक्रमण भएको छ’, उनले भने, ‘इलामको पशुपतिनगरमा भारतीय पक्षले पेलेको छ, अन्य केही स्थानमा पनि विवाद छ ।’ स्थानीय तहका समस्या समाधान गर्न सकिने भए पनि नदीनालाका कारण उत्पन्न समस्याको समाधान कठिन भएको उनले बताए । २०४५ सालमा नेपाल–भारतले गरेको सम्झौताअनुसार तराईका ५७ नदीनालाले छुट्याएको सीमा क्षेत्रमा सिमाना कायम गर्दा स्थिर सीमा सिद्धान्त (फिक्स्ड बाउन्ड्री प्रिन्सिपल) अपनाउने निर्णयबमोजिम सर्वेक्षण भइरहेको छ । २०४५ मंसिर २२ गते सुगौली सन्धिका आधारमा सिमाना कायम गर्ने सम्झौतालाई तत्कालीन मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । सुगौली सन्धिताकाको उपलब्धमध्ये सबैभन्दा नजिकको नक्साका आधारमा सीमा कायम गर्ने सम्झौता भएको छ । २०२१÷२२ सालदेखि सुरु कित्ता नापी कार्यक्रमअन्तर्गत सीमाक्षेत्रमा कित्ता नापी हुँदाको तत्कालीन हकभोगका आधारमा जग्गाधनीलाई पुर्जा दिइएको छ । २०४५ सालमा भएको नेपाल–भारत सहमतिभन्दा पहिले नै हकभोगका आधारमा २०२१ देखि २०३० सालसम्म भएको नापीमा धेरैले लालपुर्जा पाइसकेका छन् । खोलाले धार परिवर्तन गरेपछि नेपालीले हकभोग गरी तिरोसमेत तिरिरहेको जग्गामा समस्या आएको उनले बताए । ‘नापी २०२१ सालको भयो, सुगौली सन्धिाताकाको नक्साका आधारमा सीमा कायम गर्ने सिद्धान्त बन्यो २०४५ सालमा’, सापकोटा भन्छन्, ‘त्यसले नेपालीको जग्गा भारततिर र भारतीयको जग्गा नेपालतिर पर्ने भएको छ । उनीहरूले २०२१ देखि २०३० सालको नापीका आधारमा उनीहरूले लालपुर्जा पनि पाएका छन्, तिरो पनि तिरिरहेका छन् ।’ ५७ नदीनालाले ६ सय ४० किलोमिटर सीमा छुट्याएका छन–विवादको कारण नापी भयो २०२१ सालमा, सिद्धान्त बन्यो २०४५ सालमा १२ सय हेक्टर नेपाली भूमि भारततिर, त्यति नै भारतीय भूमि नेपालतिर त्यस्ता सबै जग्गाको विवरण लिने कामसमेत भइरहेको उनले बताए । ‘कुन व्यक्तिको कति जग्गा यताउता भएको छ, यथार्थ विवरण निकाल्छौं,’ उनले भने । सिमाना निर्धारण गर्दा नेपालतर्फ मात्रै १ हजार २ सय हेक्टरभन्दा बढी नेपालीले उपभोग गर्दै आएको जग्गा भारततिर पर्ने र भारतीयले उपभोग गर्दै आएको त्यति नै जग्गा नेपालतर्फ पर्ने विभागको अनुमान छ । चार टोलीले सर्वेक्षण गर्दै नेपाल–भारतको सिमाना कायम गर्न सन् १९८१ फेब्रुअरीमा काठमाडौंमा नेपाल–भारत संयुक्त प्राविधिक समिति गठन गरी काम प्रारम्भ भएको नापी विभागका सूचना अधिकारी एवं निर्देशक दामोदर ढकालले जानकारी दिए । विभागको महानिर्देशक र भारतको सर्भे विभागमा सर्भेयर जनरलले नेतृत्व गर्ने उनको भनाइ छ । सन् २०१४ सालदेखि तीनवटा टोली बनाएर नेपाल र भारतबाट संयुक्त सीमा सर्भे थालिएको निर्देशक ढकाल बताउँछन् । पहिलो टोलीले कोसीपूर्व ताप्लेजुङसम्म, दोस्रो टोलीले कोसी पश्चिम नवलपरासीको गण्डकीसम्म र तेस्रो टोलीले गण्डकीबाट दार्चुलासम्म सर्भे गरिरहेको छ । गत वर्ष सर्भेका लागि तीन टोलीलाई चार वटा बनाइयो । पहिलो र दोस्रोको कार्यक्षेत्र परिवर्तन भएको छैन भने तेस्रो टोलीलाई दुई वटा बनाइयो । तेस्रो टोलीको कार्यक्षेत्र नवलपरासीदेखि बर्दियासम्म र चौथो टोलीको कार्यक्षेत्र कैलालीदेखि दार्चुलासम्म तोकेर परिचालन गरिएको छ । चारै कार्यक्षेत्रमा परिचालित संयुक्त सीमा टोलीले नेपालतर्फको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारतका तर्फबाट सम्बन्धित जिल्लाको डीएमको नेतृत्वमा हुने फिल्ड सर्भे टोलीसँग समन्वय गरी प्राविधिक काम गरिरहेको सूचना अधिकारी ढकालले बताए । नेपालका २७ जिल्ला र भारतका ४ प्रदेशका २० जिल्ला अन्तर्राष्ट्रिय सीमासँग जोडिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy