Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

पहिरोबाट जोगाउन यस्तो कार्ययोजना बनाउदै सरकार

जाजरकोट। जाजरकोटमा दर्जनौँ बस्ती पहिरोको जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाईको टोलीले स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँगको छलफलका आधारमा उक्त निष्कर्ष निकालेको हो । टोलीले सदरमुकामस्थित पहिरो प्रभावित विभिन्न स्थानको स्थलगत अवलोकन गरेको छ । सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ, बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटीयालगायत स्थानका हजार बढी घर पहिरोको जोखिममा रहेकाले सचेतना अपनाउन र सुरक्षित रहन अध्ययन टोलीले सुझाएको छ । जतिखेर पनि घर भत्कन सक्ने वा माथिबाट पहिरो आउन सक्ने अवस्थामा रहेको भन्दै पहिरोको प्रकृति कस्तो खालको छ । कुन क्षेत्र बढी प्रभावित छ रु के कारण पहिरो गयो लगायतका विभिन्न पक्षमा दीर्घकालीनरुपमा समस्या समाधान गर्न सुझाव र लागत अनुमान तयार गर्ने गरी आफूहरू मन्त्री बस्नेतको निर्देशनमा आएको अधिकृत मण्डलले बताए । भिरालो जमीनमा घर निर्माण, सडकको पानी र नालाको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम बढेको उनको भनाइ छ । मन्त्री बस्नेतले सदरमुकाम खलङ्गामा देखिएको पहिरोको जोखिम निराकरण गर्न टोली तत्काल जान निर्देशन दिएलगत्तै जाजरकोट पुगेर अध्ययन गरिएको हो । सदरमुकाम खलंगाको पहिरो रोकथामका लागि करीब रु २० करोड तत्काल खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy