Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि..

खोटाङ। जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो । सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर पठाइएका बिरामीलाई अन्यत्र लाने गरेका छन् । जिल्लाको पुरानो लामिडाँडा विमानस्थल २०७४ साल वैशाखदेखि उडान तथा अवतरण भएको छैन । विसं २०२८ बाट सञ्चालनमा आएको सो धावन मार्गमा कालोपत्रेको काम थालेपछि अवरुद्ध भयो । नेपाल नागरिक उड्यायन प्राधिकरणको रु ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे थालिएकोमा आधा सकिएको स्टेशन म्यानेजर रमेश श्रेष्ठले बताए । वर्ष दिनमा सक्नेगरी काम थालिएकोमा अहिले ग्याबिङ वाल भर्ने, धावन मार्गमा ग्राबेलिङ गर्ने र आसपासमा नाली बनाउने काम भएको छ । व्यस्त रहने लामिडाँडा विमानस्थलमा हवाईसेवा अवरुद्धपछि अस्पतालले अन्यत्र पठाइएका बिरामीलाई समस्या परेको छ । विमानस्थल कालोपत्रेको जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लिएको हो । दक्षिणी क्षेत्रको थामखर्क विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको दुई वर्ष भयो । कच्ची अवस्थामै उडान शुरु गरेको १८ वर्षपछि कालोपत्रे शुरु गरिएको विमानस्थल रौता कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । विसं २०७३ माघदेखि शुरु गरेर २०७५ साल असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरिएकोमा विमानस्थलको काम अहिले ७५ प्रतिशत मात्र सकिएको नेपाल नागरिक उड्यायन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताए । प्राधिकरणको रु नौ करोड ३८ लाख ६८ हजार ७०० लागतमा सो विमानस्थलको धावनमार्ग कालोपत्र शुरु गरिएको हो । जिल्लावासीको चन्दा सङ्कलनबाट बनाइएको सदरमुकाम दिक्तेलबाट नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल गत जेठबाट अवरुद्ध छ । जेठ १ गते दिउँसो परेको भारी वर्षापछि धावनमार्गमाथिबाट बगेको भलबाढीले पहिरो जाँदा विमानस्थल अवरुद्ध भएको हो । भलबाढीले धावनमार्गमुनी बनाइएको ढल थुनियो । माथिबाट बगेको बाढीले दक्षिणी भाग भत्किएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । उनले भने, “पहिरो गएपछि मर्मत गर्न सम्बन्धित निकायले ध्यान नदिँदा विमानस्थल अवरुद्ध भएको हो ।” विमानस्थलसँगै जिल्लाका ग्रामीण सडकसमेत वर्षायाममा अवरुद्ध हुँदा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था पु¥याउनुपर्ने बाध्यता रहेको बराहपोखरी गाउँपालिका–५ का दीपक राईले बताए । अवरुद्ध विमानस्थल र ग्रामीण सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने जिल्लावासीको माग छ । जिल्लाका अवरुद्ध विमानस्थल, ग्रामीण सडक र हरेक विकास निर्माणका काममा खबरदारी गरिरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए, “काममा विलम्ब गर्ने ठेकेदारलाई बोलाएर आफूले जिम्मा लिएका काम तत्काल पूरा गर्न पटक–पटक निर्देशन दिने गरेको छु ।” अवरुद्ध विमानस्थल र ग्रामीण सडक आगामी भदौबाट नियमित गराउने ठेकेदार कम्पनीले जनाएको छ । जिल्लामा अहिले वर्षा भइरहेकाले कालोपत्रे लगायतका काममा कठिनाई भएको ठेकेदारहरुको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy