Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

तीनै तहलार्इ प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग

काठमाडौँ। नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । यही साउन २३ र २४ गते महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा लुम्बिनीमा सम्पन्न केन्द्रीय समितिको बैठकले आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणको सुनिश्चितता गर्न तीन तहको सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराए । उनले बैठकले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष संरक्षणका कानून निर्माण गर्नसमेत माग गरेको बताए । बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर बैठकबाट पारित नीतिगत प्राथमिकता र कार्ययोजनाका आधारमा प्रभावकारी ढंगले अघि बढ्ने निर्णयसमेत गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागू गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी श्रमजीवी पत्रकार ऐन अविलम्ब कार्यान्वयन गर्नसमेत बैठकले माग गरेको छ । यसैगरी बैठकले मुलुकी (फौजदारी) संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केही प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले यसलाई प्रेसमैत्री बनाउनसमेत महासंघले माग गर्ने निर्णय गरेको छ । एक वर्षभित्र प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटनामा ९० पत्रकार तथा सञ्चार संस्था पीडित भएकाले यस प्रकारका घटनालाई न्यूनीकरण गर्न र प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कारबाही गर्नसमेत माग गरिएको छ । पत्रकारका लागि स्वास्थ्य सेवामा ५० प्रतिशत छुटसहित पत्रकारको स्वास्थ्य बीमा र सबैखाले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारीरुपमा तत्काल लागू गर्न सरकारसँग महासंघले माग गरेको छ । मंसिर १५ भित्र साधारणसभामा गर्न निर्देशन महासंघले आफ्ना मातहतका शाखालाई आगामी मंसिर १५ गतेभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । आगामी भदौ १ देखि मंसिर १५ सम्म महासंघको सम्पूर्ण शाखाको साधारणसभा सम्पन्न गर्न बैठकले निर्देशन दिएको महासचिव विष्टले जानकारी गराए । बैठकले पत्रकारिताको व्यावसायिक शुद्धता र जिम्मेवार पत्रकारिताका लागि देशैभर पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ज्येष्ठ तथा अपाङ्गता भएका पत्रकारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने, साना लगानीका र स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि महासंघले आवश्यक पहल लिने निर्णय गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy