Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नेकपामा यसरी हुँदै छ एकता र नेतृत्व व्यवस्थापन

काठमाडाैं । पूर्वएमाले चारवटा र पूर्वमाओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ । १, ३, कर्णाली र ७ प्रदेशको अध्यक्ष पूर्वएमाले र २, गण्डकी र ५ प्रदेशको अध्यक्ष पूर्वमाओवादीको भागमा पर्ने एक सचिवालय सदस्यले बताए । आजको नयाँ पत्रिका दैनिकमा याे खबर छ - यद्यपि, प्रदेश संगठन कमिटीमा स्थायी समिति तहका नेताहरूलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइने भएकाले अध्यक्ष र सचिव पदको बाँडफाँड पनि सन्तुलन मिलाएर गर्ने तयारी छ । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको स्थायी समिति सदस्य तथा प्रदेश ३ कार्यदलका सदस्य अग्निप्रसाद सापकोटाले बताए । ‘एकताको स्पिरिटअनुसार भावनात्मक एकता प्रतिबिम्बित हुने गरी पूर्वपार्टीका तर्फबाट प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको छ,’ सापकोटाले नयाँ पत्रिकासँग भने । पूर्वएमालेका नेताहरूले प्रदेश ६ मा तत्कालीन माओवादीका नेता मुख्यमन्त्री रहेकाले प्रदेश अध्यक्षमा दाबी गरेका छन् । उता, प्रदेश २ मा पूर्वमाओवादीले अध्यक्षभन्दा इन्चार्जमा बढी रुचि राखेको छ । यसअघि प्रदेशको जिम्मेवारी सम्हालेका नेताहरूको मर्यादाक्रमलाई समेत ख्याल गरेर इन्चार्ज र अध्यक्ष तथा सहइन्चार्ज र सचिव बाँडफाँडको सन्तुलन मिलाउने तयारी छ । अहिलेसम्म टुंगिएका प्रदेश १ मा पूर्वएमाले बढी समेटिएको कमिटी बन्ने भएको छ । कर्णाली प्रदेशमा भने पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना समेटिएको कमिटी बन्ने भएको छ । बाँकी प्रदेशमा २ नम्बरबाहेक पूर्वएमाले बढी सदस्य रहेको कमिटी बनाउने तयारी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy