Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

अज्ञात समूहले हानेको गोली लागेर प्रहरीसहित चारको मृत्यु

मन्टेरियल। क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार विहानै ब्रुकसाइड नजिकै दर्जनौँ गोलीको आवाजसँगै आफूहरू ब्युझिएको बताएपछि सुरक्षा अधिकारीले आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेको भन्दै सबै स्थानीयलाई घरभित्रै रहन ट्वीटरमार्फत आग्रह गरिएको थियो । आक्रमणकारीबाट स्थानीय मारिएको सूचना आएको करिब एक घण्टापछि प्रहरीले एक जना शङ्कास्पद आक्रमणकारीलाई प्रहरी हिरासतमा लिइसकेको जनाएको छ । अहिलेसम्म एक शङ्कास्पद आक्रमणकारीलाई पक्राउ गरी प्रहरी हिरासतमा लिएका छौँ । न्यू ब्रन्सविक प्रान्तको राजधानीमा भएको उक्त आक्रमणको कारण यो समाचार तयार पार्दासम्म थाहा हुन नसकेको तर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । शहरको आवासीय क्षेत्रमा आक्रमण भएको क्यानाडेली टेलिभिजन सीबीसीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरूको समूह तथा अग्नी नियन्त्रक पुगेको सीवीसीले जनाएको छ । टेलिभिजनमा प्रहरीले स्थानीयलाई सुरक्षा दिई सुरक्षितस्थलतर्फ लगेको देखाइएको छ । विहान सात बजे आफूले ऋङ्खलावद्धरूपमा पटकाको आवाज आएको सुनेको स्थानीय रोबर्ट डिडिओडाटोलाई उद्धृत गरी सीबीसीले जनाएको छ । आवाज बन्दूकबाट गोली चलाएकोजस्तो सुनिएको रोबर्टले बताएका सीबीसीले जनाएको छ । घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ । तर क्यानाडाली प्रहरीले घटनामा आइएसको सम्लग्नताको सम्भावनालाई नकारेको छ । रासस/एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending