काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करोड अमेरिकी डलर (करिब ५ अर्ब २५ करोड मलेसियाली रिंगिट) भुक्तानी गर्न आदेश दिएको छ।
मलेसिया सरकारको लगानी रहेको एसआरसी इन्टरनेसनलले दायर गरेको देवानी मुद्दामा सुनुवाइ गर्दै अदालतले रजाकलाई कम्पनीको नोक्सानीको जिम्मेवार ठहर गर्दै कुल रकम तिर्नुपर्ने फैसला सुनाएको हो।
उच्च अदालतका न्यायाधीश अहमद फिरुज जैनोल अबिदिन का अनुसार, रजाकले आफ्नो पद दुरुपयोग गरी कम्पनीलाई १ अर्ब १८ करोड डलर बराबरको नोक्सानी पुर्याएका थिए। यससँगै कम्पनीको रकम हिनामिनाबाट व्यक्तिगत बैंक खातामा पुगेको १२ करोड डलर र त्यसको क्षतिपूर्ति समेत गरी कुल १ अर्ब ३० करोड डलर तिर्नुपर्ने आदेश अदालतले दिएको मलेसियाली मिडियाले जनाएको छ।
अदालतले रजाकले पदीय शक्ति प्रयोग गरी निवृत्तिभरण कोषबाट ४ अर्ब रिंगिट ऋण दिलाएका र त्यसमध्ये ३ अर्ब ६० करोड रिंगिटलाई अफसोर खातामा पठाइएका थिए जुन पछि हिनामिनामा गएको ठहर गरेको छ।
एसआरसी स्क्यान्डल वानएमडीबी घोटालासँग प्रत्यक्ष जोडिएको छ। एसआरसी इन्टरनेसनल वानएमडीबीको सहायक कम्पनीका रूपमा स्थापित गरिएको थियो, जसमा सरकारी लगानी विकासका नाममा निजी स्वार्थमा प्रयोग भएको आरोप छ।
न्यायाधीशले रजाकले कम्पनीको ‘एडभाइजर इमिरिटस’ पद सिर्जना गरी सञ्चालक समितिलाई बाइपास गरेर स्वेच्छाचारी निर्णय लिएको, संस्थागत चेक एन्ड ब्यालेन्स ध्वस्त पारेको र शक्तिको चरम दुरुपयोग गरेको फैसलामा उल्लेख गरेका छन्।
फैसला लगत्तै रजाकका वकिल तान श्री मोहम्मद शफी अब्दुल्लाह ले उच्च अदालतमा पुनरावेदन गर्ने तयारीको जानकारी दिएका छन्। अदालतले पुनरावेदनको लागि १४ दिनको समय तोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: