Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

हुलाकी राजमार्गले ल्याएको सहजता

\"\"धनगढी। केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने बेली, फूलबारी, कनरी, हसुलियालगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन थालेको छ । राजमार्ग निर्माणपछि सदरमुकाम धनगढीसम्मको आउजाउ छोटिँदा आवागमन सहज भएको छ भने आम्दानीका नयाँ बाटा पनि खुल्न थालेका छन् । धनगढीदेखि फूलबारी हुँदै हसुलियासम्मको पुरानो कच्ची सडकखण्डमा पर्ने नदी तथा खोलामा पुल र स्तरीय सडक नबन्दा वर्षायाममा सदरमुकाम धनगढी पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हुलाकी राजमार्ग बनेपछि हटेको छ । हरेक दिन बिहानै दूध बेच्न धनगढी बजारमा पुग्नुहुने साविक फूलबारी गाविसका चोलप्रसाद तिवारी राजमार्ग निर्माणपछि आवागमन निकै सहज भएको बताउछन् । उहाँले भन्नुभयो, “पहिले फूलबारीदेखि धनगढीको बाटो दिनभरीको थियो, अहिले २० मिनेटमा धनगढी पुगिदा ठूलै परिवर्तन भएको महसुस भएको छ । धनगढीदेखि फूलबारी बजारसम्मको १५ किलोमिटर सडकमा अटोरिक्सा चलाएर कमाइ गर्नेको संख्या पनि बढ्दो छ । बेली गाउँका मेला रानाले हुलाकी सडकसँगै जोडिएको जग्गा भाडामा लिई तरकारीखेती गरेर राम्रो कमाइ गर्न थालेका छन् । ‘‘पहिले बजारको अभावमा गाउँमा उत्पादन हुने तरकारीको उचित मूल्य पाउन सकेको थिएनौं’’ रानाले भने, “अहिले बाटो बनेपछि तरकारी धनगढी बजारसम्म पु¥याएर बेच्न पाउँदा उचित मूल्य पनि पाएका छौँ ।” पूर्व—पश्चिम हुँदै निर्माण भएको हुलाकी राजमार्गले सदरमुकाम धनगढीसँगको दुरी छोट्याउँदा बढेको आर्थिक क्रियाकलापले कैलालीको दक्षिणी क्षेत्रका बासिन्दाको आम्दानीमा सकारात्मक प्रभाव परेको स्थानीय दलबहादुर रोकायाले बताए । हुलाकी सडकको निर्माणसँगै सडक आसपासको जग्गाको मूल्य पनि आकासिएको छ । पहिले रु दुई लाख पर्ने ऐलानी जग्गाको मूल्य सडक निर्माणपछि रु २० लाख पुगेको रोकायाले जानकारी दिए । हुलाकी राजमार्ग क्षेत्रमा नयाँ÷नयाँ बजार विस्तार हुने क्रम पनि बढ्दै जाँदा ती क्षेत्रमा उद्योग, कलकारखाना, होटेललगायतका नयाँ व्यवसायसमेत धमाधम खुल्न थालेका छन् । हुलाकी राजमार्ग निर्माणले आवागमन र व्यापारिक क्रियाकलाप गर्न सहज भए पनि राजमार्गको कालेपत्रे ठाउँठाउँमा उप्किन थालेको र चौडा कम भएको गुनासो भने स्थानीयवासीको छ । कैलाली जिल्लाको धनगढीदेखि भजनी हँुदै सत्तीसम्मको ६२ किलोमिटरको हुलाकी राजमार्गमध्ये ४४ किलोमिटरको खण्ड भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । लम्कीदेखि टीकापुर हुँदै खक्रौलासम्मको झण्डै २७ किलोमिटर सडकसमेत भारत सरकारकै सहयोगमा निर्माण पूरा भएको छ । धनगढीदेखि भजनी हुँदै सत्तीसम्मको वसन्ता जङ्गल क्षेत्रको खण्डमा भने हुलाकी राजमार्ग निर्माण कार्य रुख कटानीको अनुमति नपाएका कारण ढिलाइ भएको छ । वसन्त जङ्गलको करीब दुई किलोमिटर भागको हुलाकी राजमार्ग खण्डमा पर्ने रुख काट्न स्वीकृति पाउनमा भएको ढिलाइले निर्माण कार्य हुन नसकेको हुलाकी राजमार्ग आयोजना धनगढीका प्रमुख मनिषकुमार साहले बताए । कञ्चनपुर जिल्लामा डोके बजारदेखि बेलौरी बेलडाँडी हुँदै दैजीसम्मको हुलाकी राजमार्गको निर्माणकार्य तीन खण्डमा हुन लागेको छ । बेलडाँडीको आरक्ष क्षेत्रमा पर्ने राजमार्ग खण्डका रुख काट्न स्वीकृति नहुँदा निर्माण कार्यमा समस्या उत्पन्न भएको जनाइएको छ । कञ्चनपुरको डोके बजारदेखि हुलाकी राजमार्गको अन्तिम विन्दु दैजीसम्म ६२ किमी लामो हुलाकी राजमार्ग निर्माण गर्ने लक्ष्य रहेको छ । निर्माण हुन बाँकी हुलाकी सडक निर्माणको काम नेपाल सरकार आफैँले गर्न लागेको आयोजनाको धनगढीस्थित कार्यालयले जनाएको छ । डुबानबाट जोगिने ‘सेल्टर‘ बन्यो हुलाकी राजमार्ग कैलाली जिल्लाको दक्षिणतर्फ रहेको होचो भू–भागमा पूर्व—पश्चिम हुँदै निर्माण गरिएको हुलाकी राजमार्गको अग्लो भाग वर्षायाममा हुने डुबानबाट जोगिने सेल्टर९सुरक्षित स्थल० बनेको छ । गतवर्ष भएको डुबानका कारण विस्थापित हुन पुगेका सयौं घरपरिवार यसै राजमार्गमा पाल टाँगेर हप्तौंसम्म बास बसेका थिए । यसवर्षको असारमा पनि डुबानमा परेका भजनी क्षेत्रका २०० परिवारलाई डुबानको जोखिमबाट सुरक्षित मानिएको राजमार्गमै राखिएको थियो । डुबानका कारण भजनी, लालबोझी, जानकीनगर, नारायणपुर क्षेत्रका प्रभावित बासिन्दा डुबानको समयमा राजमार्ग बास बस्ने गर्छन् । डुबानबाट प्रभावित हुनेलाई सुरक्षित स्थानको रुपमा हुलाकी राजमार्गमा राखिने गरिएको भजनी प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्द बताउछन् । हुलाकी राजमार्ग निर्माण गर्दा राजमार्गको उत्तरतर्फको भू–भागमा हुने गरेको डुबानको सहज निकासको व्यवस्था नगरिँदा भने कतिपय क्षेत्रका गाउँ डुबानमा पर्ने समस्या देखिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy