श्रावण २७ गते, २०७५ आइतवार 12th August, 2018 Sun०९:२९:२७ मा प्रकाशित
काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपा माओवादी केन्द्रको भातृसंगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच एकता अभियान शुरु भएको छ ।
अाजकाे एभरेषट दैनिकमा याे खबर छ - एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय कार्यालय बागबजारमा शनिवार पहिलोपटक दुईसंगठनहरुबीच एकताको लागि औपचारिक छलफल शुरु भएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा बसेको पहिलो एकता सम्बन्धी बैठकमा एकताको वैचारिक तयारीका लागि भन्दै दुईसंगठनहरुको विधान आदान-प्रदान भएको छ ।
पहिलो औपचारिक एकता बैठकमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट अध्यक्ष शंकर अधिकारी, पूर्व अध्यक्ष रत्नबहादुर ओली, नेता पूर्णप्रसाद दवाडी लगायतको सहभागीता रहेको थियो । यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष लक्ष्मण शर्मा, पूर्व अध्यक्ष बाबुराम थापा, महासचिव हंशबहादुर शाही, कोषाध्यक्ष विष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो । छलफलमा बैठकमा सहभागी भएकाहरुकै एउटा एकता कार्यदल विकास गरेर जाने, एकताका लागि सैद्धान्तिक, वैचारिक, सांगठानिक, अन्तर्राष्ट्रिय, शैक्षिक र पेशागत सवालहरुमा छलफल भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष समेत रहिसकेका नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शनिवारबाट वृहत कम्युनिष्ट शिक्षक एकता अभियानको औपचारिक थालनी भएको जानकारी दिए । आफ्नो संगठन शुरु देखि नै वृहत शिक्षक एकताको पक्षमा रहेको भन्दै थापाले विचार र सोच मिल्ने दलहरुसँग वृहत एकता अभियान शुरु भएको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगै अन्य कम्युनिष्ट विचार राख्ने शिक्षक संघसंगठनहरुसँग एकता गर्दै नेपालमै र पछि विश्वभरी नै एउटै शिक्षक संगठन बनाउने अभियानमा आफुहरु लागेको थापाले स्पष्ट पारे ।
यस एकता अभियानले ट्रेड युनियन अधिकार प्राप्ति, सुरक्षा अभियानमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै अभियानले छिट्टै परिणाम निकाल्ने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले आफूहरु नेपालभरका शिक्षकहरुको एउटै साझा संगठनहुनुपर्ने अभियानमा रहेको भन्दै पहिले बामपन्थी विचार राख्ने शिक्षकहरुको एकता अभियान शुरु गरिएको जानकारी दिए । एकता प्रक्रियाले छिट्टै ठोस निस्कर्ष निकाल्ने उनको भनाइ थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बैठकमा पेशागत शिक्षक एकता शिक्षक महासंघ भएपनि वैचारिक र सांगठानिक वृहत एकताका लागि गम्भीर छलफल भएको बताए ।
सह-अस्तित्व, मनोविज्ञान सहितको एकता गर्नेबारे छलफल भएको भन्दै अध्यक्ष अधिकारीले एकताले नेपालको शिक्षा क्षेत्रमा समाजवादी कार्यदिशा निर्माण र ट्रेडयुनियन आन्दोलनमा सामाजिक दायित्व र आवश्यकतामा समेत नयाँ दिशा दिने स्पष्ट पारे । वर्गसंघर्ष र शिक्षकहरुको चेतना बीचको खाडल वैचारिक संलेषण गर्दै एकता प्रक्रियाले छिट्टै पूर्णता पाउने अधिकारीको भनाइ थियो ।
संगठनका नेताहरु पूर्णप्रसाद दवाडी, दिनानाथ तिम्सिनाले एकता एउटा संगठनमा अर्को संगठनको विलय नभइ भावना, संगठन र विचारको एकता हुनुपर्ने भन्दै केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक एकता आजको आवश्यकता भएको धारणा राखे ।
२०३६ सालमा स्थापना हुँदा शिक्षकहरुको एउटै संगठन भएपनि तेस्रो महाधिवेशन पछि २०४४ सालमा शुरुमा प्रजातान्त्रिक विचार बोक्ने शिक्षकहरु छुट्टिएर छुट्टै संगठन गठन गरेका थिए । पछि दशौं र एघारौं महाधिवेशनपछि बामपन्थी विचार राख्ने केही शिक्षकहरु समेत अलग भइ नयाँ संगठन गठन गरेका थिए । झण्डै पच्चीस वर्षपछि फेरी वृहत बामपन्थी शिक्षकहरुको एकता हुन लागेको हो । यदी एकता भए नयाँ संगठनले मुलुकका ७० प्रतिशत शिक्षकहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: