Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

किलर ह्वेलले मृत बच्चा बोकेर १७ दिनसम्म भौँतारिएपछि..

आफ्नो मृत नवजात बच्चा लिएर समुद्रमा १७ दिनसम्म भौँतारिएको र त्यसक्रममा उसले १६ सय किलोमिटरको यात्रा तय गरेको वैज्ञानिकहरूले बताएका छन्। क्यानडाको भ्यान्कुवर टापु पारीको हारो क्षेत्रमा त्यो किलर ह्वेलले आफ्ना साथीहरूसँगै मिलेर सालमन माछाको ठूलो समूहलाई तीव्र गतिमा लखेटेको ह्वेल अनुसन्धान केन्द्रले जनाएको छ। त्यो केन्द्रले शनिवार एक विज्ञप्तीमा भनेको छ, \'उसको शोकको यात्रा अब सकिएको छ र उसको स्वभाव निकै चञ्चल भइरहेको छ।\' किलर (अर्थात् ज्यानमारा) ह्वेल डल्फिन वर्गको सबैभन्दा ठूलो प्रजाति हो। निकै तेज गतिमा चल्ने यो जातिको ह्वेलले समुद्रमा निकै चलाखीपूर्वक आफ्नो आहारा सिकार गर्दछ। यो पृथ्वीको सबैजसो समुद्रमा पाइन्छ। किलर ह्वेलले आफ्नो मृत बच्चालाई एक हप्तासम्म आफूसँगै लिएर भौँतारिने गर्दछन् तर वैज्ञानिक भन्छन् भ्यान्कुवर टापु पारीको यो किलर ह्वेल आमाले ूनयाँ कीर्तिमान राखेको छू। जे ३५  (J35) नाम दिइएकी यो आमा ह्वेलले गत पाँचदिनदेखि विश्वको ध्यान आफूतिर खिचिरहेको थियो। ह्वेल अनुसन्धान केन्द्रले विज्ञप्तीमा भनेको छ, \'समुद्री तटबाट लिइएका टेलिफोटो डिजिटल तस्बिरहरूमा यो आमाको शारीरिक अवस्था निकै राम्रो अवस्थामा रहेको देखिएको छ।\' \'मृत बच्चाको शव सम्भवत अमेरिका र क्यानडाबीच रहेको सालिस सागरमा समुद्रको पिँधमा झरेको छ। अनुसन्धानकर्ताहरूले त्यसलाई भेट्टाएर नेक्रोप्सी (जनावरहरूको लासजाँच) गर्ने मौका पाउन सक्छन्।\' आफ्तो मृत बच्चालाई बोकेर अघि बढिरहेको त्यो ह्वेल जुलाई २४ मा पहिलो पटक देखिएको थियो। नवजात बच्चा त्यही दिन मरेको हुन सक्ने ठानिएको छ। मर्नुको कारण भने प्रष्ट छैन। क्यानडा र अमेरिका दुवैले किलर ह्वेललाई संकटापन्न समुद्री जीवको सूचीमा राखेका छन्। किलर ह्वेलले चिनुक जातको सालमन माछा खाने गर्दछ। तर चिनुक सालमन माछाको संख्या नाटकीय रूपमा घटिरहेको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy