Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

खबरडबली संवाददाता

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांसदहरूबीच तीखा मतभेद देखिएका छन्।

सिट संख्याका आधारमा समय निर्धारण गरी सबै दलका एक–एक सांसद तथा स्वतन्त्र सांसदले शुभकामना मन्तव्य दिएका थिए। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित पहिलो, नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो स्थानमा छन्। श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौँ दलका रूपमा प्रतिनिधित्व गरेका छन्। वैज्ञानिक महावीर पुन स्वतन्त्र सांसद हुन्।

सत्तापक्षको संयमित टिप्पणी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३–२४ का घटनाबारे संक्षिप्त टिप्पणी गरे। उनले आन्दोलनका क्रममा ज्यान गुमाएकी सहिदकी आमालाई न्याय दिनुपर्नेमा जोड दिँदै कानुन संशोधन र अध्यादेशमार्फत गरिएका विगतका गलत अभ्यास सुधार गरिने बताए।

उनको अभिव्यक्ति एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति बैठक सुरु हुनासाथ आपत्ति जनाएको पृष्ठभूमिमा आएको थियो।

कांग्रेसको प्रतिवेदन सार्वजनिक गर्न माग

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले भदौ २३ र २४ का घटनालाई अलग–अलग रूपमा हेर्न नहुने बताए। उनले २३ गतेको दमन र २४ गतेको ध्वंस दुवै घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको धारणा राखे।

आङ्देम्बेले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। संसद् भवन र सिंहदरबारलगायत भौतिक संरचनामा भएको क्षतिको विषयमा पनि स्पष्ट जवाफ दिन उनले सरकारलाई आग्रह गरे। दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने कांग्रेसको अडान रहेको उनले दोहोर्‍याए। 

एमालेको आक्रामक रुप

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भदौ २४ गतेको आगजनी र विध्वंसबारे सरकारसँग स्पष्ट जवाफ माग गरे। सिंहदरबार, संसद् भवन र राष्ट्रपति निवासमा आगजनी किन र के उद्देश्यले भयो भन्ने प्रश्न उठाउँदै उनले राज्यले दमनचक्र मच्चाएको आरोप लगाए।

थापाले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयमा दृश्य तथा अदृश्य शक्तिको भूमिका रहेको आरोपसमेत लगाए।

माओवादी र श्रम संस्कृति पार्टीको धारणा

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले आन्दोलनमार्फत उठेका युवाहरूका प्रश्नलाई स्वीकार गर्दै त्यसै पृष्ठभूमिमा निर्वाचन सम्पन्न भएको उल्लेख गरे। जनमतलाई सम्मान गर्दै अघि बढ्नुपर्ने उनले बताए।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आन्दोलन र आगजनी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। विद्यालय पोशाकमै बालबालिकालाई सडकमा उतारिएको र आन्दोलन हिंसात्मक बनेको विषयमा गम्भीर छानबिन आवश्यक रहेको उनले बताए। 

केही दल मौन

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले भने भदौ २३–२४ का घटनाबारे मन्तव्यका क्रममा कुनै टिप्पणी गरेनन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा शुभकामना सन्देशसँगै भदौ २३–२४ का घटनालाई लिएर दलहरूबीच दृष्टिकोण फरक–फरक देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...

केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...

संसदको पहिलो बैठकमा आरोप–प्रत्यारोप र रोचक दृश्य

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending